Home » » यसरी हुने रहेछ मानिसभित्र यौन इच्छाको संचालन

यसरी हुने रहेछ मानिसभित्र यौन इच्छाको संचालन

मानव यौनेच्छाको सञ्चालन यौन चाहना मानव जीवनको अभिन्न पाटो हो । यौनेच्छा वा यौन व्यग्रता मानसिक तथा भावनात्मक जैविक व्यग्रतासँग सम्बन्धित स्वाभाविक शक्ति हो । यो प्राकृतिक शक्ति वा व्यग्रताले निश्चित कार्यका लागि अभिप्रेरित गर्छ । यौनसम्पर्क गरेर वंशजको निरन्तरतालाई साथ दिने जस्तो प्राकृतिक नियम पालना गर्नु सबै मानवको दायित्व हो । अहिले पहिलेको जस्तो वंश निरन्तरताका लागि धेरै सन्तान जन्माउनुपर्ने आवश्यकता छैन । त्यसैले आनन्दका लागि यसको प्रयोग निकै हुने गरेको छ, तर भनेअनुसार नहुँदा चिन्ता र चासो बढी हुन्छ ।


मोटामोटी रूपमा हेर्दा यौनेच्छाको सञ्चालनमा विभिन्न प्रणाली सक्रिय देखिन्छन् । एक त endocrine system अन्तर्गतका रागरसहरूले त्यसको सञ्चालनमा महत्त्वपूर्ण भूमिका खेल्छन् भने अर्कातिर इन्दि्रय प्रणालीका साथमा स्नायुप्रणालीले पनि उत्तिकै भूमिका निर्वाह गर्छ । यौनेच्छा जाग्दा (विकसित हुने) वा त्यसको व्यग्रतामा रागरस अर्थात् हार्मोनको महत्त्वपूर्ण भूमिका हुन्छ । यौन क्रियाकलापमा भन्दा टेस्टेस्टेरोनले यौनेच्छा वा यौन व्यग्रतालाई बढी प्रभाव पार्छ । महिलामा पनि टेस्टेस्टेरोनले नै यौनेच्छा वा यौन व्यग्रताका लागि महत्त्वपूर्ण भूमिका खेल्छ । त्यसमा स्वाभाविक रूपमा नै इन्दि्रयहरूको भूमिका हुन्छ । हाम्रा इन्दि्रयहरू दृष्टि, स्पर्श, ध्वनि, गन्ध तथा स्वाद यौनसम्पर्क वा यौनेच्छासँग सम्बन्धित हुन्छन् भन्ने कुरा त सबैलाई थाहै छ । यौन सम्पर्कलाई ‘शारिरीक सम्बन्ध’ भन्ने गरे पनि यसको मानसिक पाटो एकदमै महत्त्वपूर्ण हुन्छ । यौन उत्तेजनाको स्रोत जेसुकै भए पनि अन्तिम रूपमा त्यसलाई अर्थ लगाउने र बुझ्ने कुरा मस्तिष्कले नै गरिरहेको हुन्छ । वैज्ञानिक दृष्टिकोणले हेर्ने हो भने, यौन उत्तेजनालाई ‘स्नायु प्रणाली तथा यौनअङ्ग संलग्न एक जटिल प्रक्रियाको क्रियाशीलता हो’ भनेर परिभाषित गर्न सकिन्छ । यौनसम्बन्धी हाम्रा भावनाहरू मस्तिष्कबाट प्रारम्भ हुन्छन् । यौनेच्छा भए पनि अन्य कारणजस्तै कि शारीरिक (यौनसम्पर्क राख्दा पीडा हुने, कुनै रोगव्याधि लागेको वा थकान) वा मानसिक (चिन्ता, तनाव, भय) जस्ता अनेक कारण हुन सक्छन् । अर्कातिर श्रीमान्सँगको सम्बन्ध तनावपूर्ण भएको स्थितिमा पनि यौन चाहनामा नकारात्मक असर पर्छ । यस्ता कारण भए कारणअनुसार त्यसको समाधान खोजेर यौन जीवन सुखमय बनाउन सकिन्छ ।

कतै यौनेच्छा कमी भएको स्थिति पनि हुन सक्छ ?
हामीलाई थाहा भएकै कुरा हो, सबै व्यक्तिमा यौनेच्छा एकनासको हुँदैन कसैमा बढी हुन्छ भने कसैमा कम । त्यसैगरी कुनै एक व्यक्तिमा पनि यौनेच्छा सधैं एकनासको हुँदैन । यसैगरी कतिपयलाई यौनसम्पर्क राख्न मन नलाग्ने स्थिति हुन सक्छ अर्थात् कम यौन इच्छा (hypoactive sexual desire) को स्थिति हुन सक्छ । यस्तो स्थितिमा यौनसम्पर्क राख्ने चाहना, यौन परिकल्पना वा यौन क्रियाकलाप महिनाको दुई पटकभन्दा कम भएको अवस्थालाई जनाउँछ, तर यसो भन्दैमा महिनामा एकपल्ट मात्र यौनसम्पर्क राख्ने जोडीलाई यो समस्याबाट पीडित भनिहाल्न मिल्दैन यदि दुवै जना यसमा सन्तुष्ट छन् भने । त्यसैले कतिपय यौन विषेशज्ञले यौन इच्छा कम भएको भनेर त्यतिबेलासम्म भन्दैनन् जबसम्म यी कुराले जोडीलाई समस्यामा पारेको हुँदैन वा व्यवहारमा कुनै खास परिवर्तन देखिँदैन ।
तपाईंले यस विषयमा केही नलेख्नुभए पनि तपाईंलाई पक्कै थाहा होला, कतै तपाईंको स्थिति यस्तै त होइन ? विचार गर्नुहुन अनुरोध छ ।

कतै यो अयौनिकता त होइन ?
त्यसबाहेक तपाइर्ंले एक अर्को यौनिक स्थिति हो कि होइन, त्यसको पनि निक्र्योल गर्नुपर्छ । तपाईंले विस्तृत रूपमा नलेख्नुभएकाले तपाईंलाई के भएको हो, यसै भन्न नसकिए पनि यस विषयमा छोटकरीमा चर्चा गरौं ।
सामान्य रूपमा हामीलाई थाहा भएकै कुरा हो कि सबैजसो व्यक्ति जीवनको कुनै न कुनै समयमा यौनसम्बन्धी कार्यमा आकषिर्त हुन्छ वा यौन क्रियाकलापमा अर्को व्यक्तिसँग संलग्न चाहन्छ, तर सबैमा यस्तो हुँदैन । मानव यौनिकताको एउटा अर्को पक्ष के पनि हो भने थोरै व्यक्तिमा हुने भए पनि ऊ यौनसम्बन्धी क्रियाकलापप्रति आकषिर्त हुँदैन र त्यसमा संलग्न हुन चाहँदैन । यस्तो स्थितिलाई ‘अयौनिकता’ भन्न सकिन्छ । यो स्थितिमा व्यक्ति कसैप्रति यौन आकषिर्त हुँदैन र यौन क्रियाकलापमा पनि संलग्न हुँदैन । अंग्रेजीमा यसका लागि Asexuality वा Non-sexuality भन्ने शब्दको प्रयोग हुन्छ ।
यौनसम्पर्क नराख्नु र ब्रह्मचर्यको पालना गर्नु अयौनिकता होइन । यो यौन परिचयभित्रदेखि नै निर्देशित भएको हुन्छ र प्राकृतिक रूपमै भित्रैबाट यसका लागि इच्छा हुँदैन । भनिन्छ, यसलाई व्यक्तिले चाहेर बन्द वा सुरु गर्न सक्दैन्, अर्थात् यो रहरमा हुने कुरा होइन । इच्छा वा आकर्षण नभए पनि यौन क्रियाकलापमा संलग्न भएको घटना भने हुन सक्छ । यस्तो उनीहरू सामाजिक दबाबका कारणले आफ्नो यौन साथीको इच्छाका कारण वा सन्तान जन्माउनका लागि राख्छन् । कतिपय स्थितिमा अयौनिक स्थितिमा व्यक्ति आफैंले परिस्थितिको निदान गरेको पाइन्छ, जुन आफैंमा सही नहुन सक्छ । अर्कातिर कतिपयले यस्तो स्थिति हुन्छ भन्नेसम्म विश्वास गर्दैनन् र कुनै किसिमको अप्राकृतिक स्थितिसँग जोड्छन् । तपाईंमा कतै यस्तो स्थिति छ-छैन, विचार गर्नुहुन अनुरोध छ ताकि सही निदान हुन सकोस् ।
अन्तमा के भनौं भने, कुनै औषधी वा अन्य रसायन खाएर यो समस्या हट्ला भन्ने कुरा गर्नुभन्दा पहिले माथि उल्लेख गरिएका कुराका सन्दर्भमा राम्रोसँग जानकारीसहित लेख्नुभए समाधान खोज्न सजिलो हुने थियो ।
– डा राजेन्द्र भद्रा, साप्ताहिक

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}