Home » » कुन ब्लड ग्रुप भएका मानिसको स्वभाव कस्तो …..?

कुन ब्लड ग्रुप भएका मानिसको स्वभाव कस्तो …..?

एक अनुशन्धान अनुसार मानिसहरुको रगत समुह अनुसार उसको चालचलनको बारेमा थाहा पाउन सकिन्छ र रगत समुह फरक भएमा मानिसको विचार र बानी फरक हुने सम्भावना धेरै हुन सक्छ। यहाँ रगत समुह सँग सम्बन्धित केही बानीको बारेमा दिईएको छ।


Group O :
संसारका सवैभन्दा बढी मानिसमा यो रगत समुह पाइन्छ। o- र o+ गरी करीब ४७ प्रतिशत मानिसमा यो रगत समुह रहेको हुन्छ जसमा ४० प्रतिशत जती ०+ र ७ प्रतिशत जतीमा o- रहेको हुन्छ। यो रगत समुहका मानिसहरु नेतृत्व गर्न चाहना राख्ने
तथा क्षमता भएका, आफुले शुरु गरेको काम फत्ते गरी छाड्ने, सत्यतामा विश्वाश गर्ने, मायालु र आत्म-विश्वाशले भरिएका हुन्छन भने यो रगत समुह भएका मानिसहरुको कमजोरी भनेको डाहा गर्ने बानी र धेरै प्रतिष्पर्धात्मक हुन खोज्ने भएको अनुशन्धानको क्रममा पाईएको थियो।

Group A :
यो रगत समुह करीब ४० प्रतिशत मानिसहरुमा हुन्छ जसमा ३४ प्रतिशतमा A+र ६ प्रतिशतमा A- पाईन्छ। यो रगत समुह भएका मानिसहरु शान्त र सामाजिक खालका, अरु सँग काम गर्न मनपराउने, sensetive र कमजोरीको रुपमा झुक्न नचाहाने र आराम गर्न नसक्ने वा नचाहाने बानी भएका हुन्छन।

Group B :
यो समुहको रगत कम मानिसहरुमा मात्र पाईन्छ जसमा करीब ८ प्रतिशतमा B+ र १ प्रतिशतमा मात्र B- हुन्छ। यो रगत समुह भएका मानिसहरु एकलकाँटे, जे पनी एक्लै गर्न चाहाने रचनात्मक खुबी भएका झुक्न सक्ने खुबी भएका हुन्छन जसले गर्दा कहिले काही काम बिग्रन समेत सक्छ।

Group AB :
यो मानिसमा पाईने सबैभन्दा कम पाईने रक्त समुह हो। यो ४ प्रतिशतमा मात्र पाईन्छ जसमा ३ प्रतिशत AB+ र १ प्रतिशतमा AB- पाईन्छ। यो रगत समुह भएका मानिसहरु नरम, controlled र ठट्टा रमाईलो गर्ने खालका हुन्छन तर निर्णय गर्ने क्षमताको कमी हुन्छ !

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}