
|
|
सामान्यतया धेरै युवायुवतीहरुलाई किशोर वयस्कमा डण्डिफोरको समस्याले साह्रै सताउने गर्छ । डण्डिफोरका कारण धेरैको सौन्दर्यतामा समेत असर पुराएको हुन्छ । कतिपय युवायुवतीहरु डण्डिफोरको समस्यालाई लिएर चिन्तित हुने गर्छन् । सामान्यतया हर्मोनल परिवर्तन र बाह्य कारकतत्वका कारण आउने डण्डिफोर विभिन्न कारणले आउँने गर्छन । डण्डिफोर पनि सबै कारणले एकै ठाउँमा आउने अथवा एउटै कारणले आउने भन्ने हुँदैन । आज हामी के कारणले डण्डििफोर शरिरको कुन भागमा आउछ भन्ने बारेमा चर्चा गरौं ।
१. निधारमा डण्डिफोर :
पाचनमा गडबडी अथवा शरिरमा पानीको कमीका भयो भने निधारमा डण्डिफोर आउछ । पाचनमा गडबडी र आहारमा पानीको कमीले शरिरमा टक्सिनको निर्माण हुने गर्दछ । तपाईको निधारमा डण्डिफोर आएर समस्यामा हुनुहुन्छ भने एन्टीअक्सीडेन्टयुक्त खाद्य पदार्थका साथै ग्रीन टी र पानीलाई भरपुर मात्रामा खानुहोस् । यसका साथै सोडा र डेरी उत्पादनको सेवन कम आवश्यक छ ।
२. आँखाको बिचमा र नाकको माथि डण्डिफोर :
यदि तपाईलाई फोक्सोसम्बन्धि रोग छ भन्ने आँखाको बिचमा र नाकको माथि डण्डिफोर आउने चिकित्सकहरु बताउँछन् । खानाको गलत बानी व्यवहार, राती ढिलासम्म खाना नखाने अथवा खानामा पनिर अथवा क्रिमको मात्रा बढि हुँदा पनि आँखाको बिचमा र नाकको माथि डण्डिफोर आउछ । तपाईलाई आँखाको बिचमा र नाकको माथि डण्डिफोर आएर सताएको छ भने स्वस्थ र सक्रिय जीवनशैलीद्वारा आफ्नो फोक्सोलाई स्वस्थ राख्नुहोस् ।
३. गालामा डण्डिफोर :
श्वास प्रणालीसँग सम्बन्धित रहेर गालाको डण्डिफोर आउने विशेषज्ञहरु बताउँछन् । प्रदुषित हावामा सास लिएका कारण तपाईंको गालामा पिम्पल्स देखिने गर्दछ । धुम्रपान अथवा निष्क्रिय धुम्रपान पनि यसको मुख्य कारण बन्ने गर्दछ । प्रदुषण यसको लागि अर्को कारण हो । यसका साथै मोबाइल फोनको प्रयोग पनि डण्डिफोरको कारण बन्ने गर्दछ । तपाईंको मोबाइलमा एकत्रित भएको किटाणुको फोहोर तपाईंको अनुहारमा सर्ने गर्दछ । सधैं आफ्नो मोबाइललाई नियमित रुपमा सफा गर्ने बानी बसाल्नुहोस् ।
४. चिउँडोमा डण्डिफोर :
चिउँडोमा डण्डिफोर सानो आन्द्रासँग सम्बन्धित हुने गर्दछ । आफ्नो आहारबाट तारेको भुटेको र मसालेदार भोजनको जाँच गरेर तपाईं आफ्नो पाचनमा सुधार ल्याउन सक्नुहुन्छ । यसका साथै यस्तो खाद्य पदार्थलाई आफूसँगै नराख्नुहोस् जसले तपाईंको पिम्पलको लागि एक ट्रिगरको रुपमा काम गर्दछ ।
५. बंगाराको रेखामा डण्डिफोर :
थुप्रै महिलाहरु महिनावारीको क्रममा बंगाराको लाइनमा डण्डिफोर नोटिस गर्ने गर्दछन् । अनुहारको यो हिस्सा हर्मोनसँग सम्बन्धित हुन्छ । र कुनै पनि प्रकारको हर्मोनल परिवर्तन अथवा असन्तुलन डण्डिफोरको कारण बन्ने गर्दछ । यो ठाउँमा डण्डिफोरको सम्भावना कम गर्नको लागि शरिरलाई चाहिने पानी पिउनुहोस् र पर्याप्त निदाउनुहोस् ।
६. ओठको आसपास डण्डिफोरः
ओठको वरिपरि डण्डिफोरको अर्थ पाचन प्रणालीमा गडबडी हो । यदि तपाईं पेटमा दुखाई र कब्जियतलाई पटक–पटक अनुभव गरिरहनुभएको छ भने तपाईं निकै संवेदनशील र कमजोर हुनुहुन्छ । तपाईंले आफ्नो शरिरमा चिन्तित हुन आवश्यक छ । आफ्नो आहारामा फाइबरयुक्त खानेकुरा संलग्न गर्नुहोस् । र प्रत्येक खाना पछि एक कप ग्रिन टी पिउनुहोस् ।
७. नाकको आसपास डण्डिफोर :
अचानक नाकको वरिपरि टूलो र सुन्निएको डण्डिफोर हुनु प्रजनन प्रणालीमा परिवर्तन हुनु अथवा अण्डाशयसँग जोडिएको रोग हुनसक्छ । नाकमा डण्डिफोर हृदय प्रणालीको समस्याको संकेत पनि हुनसक्छ । मुटुमा भिटामिन बी र प्रोटिनको कमी पनि हुनसक्छ । तपाईंको छालामा पोषक तत्व र ब्लड सर्कुलेसनको कमीबाट पनि ग्रस्त हुन्छ । यो समस्याबाट बच्नको लागि आफ्नो आहारमा भिटामिन बी, हरियो तरकारी, फलफूल, माछाको मात्रा बढाउनुहोस् ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

