
|
|
स्वास्थ्य डेस्क। लामो समय सम्मको काम, मोटोपना, कमजोरी जस्ता त्रुटिले ढाड दुखाइको समस्या हुन सक्छ । कहिले कहीँ दुखाई यती धेरै हुन्छ कि ओछ्यानमै लामो समय आराम गर्नु पर्ने हुन्छ। ढाड दुखाईबाट राहत पाउने केहि उपायहरू यस्ता छन् ।
१.लसुन
दैनिक बिहान सर्स्यू वा नरिवलको तेलमा लसुनको तिन-चार पोटी राखेर लसुन कालो हुनजेल सम्म तताउनुस् । तेल तातिसकेपछि त्यसलाई सेलाउन दिनुहोस । तेल सेलाएपछी दुखेको ठाउँमा मालिस गर्नुहोस्। यसो गर्नाले तपाईको ढाडको समस्या कम हुनेछ ।
२.बाफ
नुन राखेर उमालेको पानीमा बाक्लो सफा कपडा चोबेर निचर्नुहोस् । दुखेको ठाउँमा उक्त कपडा राखेर बाफले सेक्नुस्।
३. नुन
कराईमा ३-४ चमेचा नुन राखेर भुट्नुहोस् । नुनलाई सफा सुतीको कपडामा पोको पारेर कमरमा सेक्नुहोस् । यसबाट तपाँईलाई आराम मिल्नेछ।
४.ज्वानो
ज्वानोलाई तावामा कम तापमा भुट्नुहोस् । ज्वानो सेलाएपछी बिस्तारै चबाएर निल्नुहोस्। यसको नियमित सेवनबाट कमरको दुखाई कम हुनेछ ।
५.हिड्नु
धेरै समय एउटै पोजिशनमा नबस्नुहोस्। एकै ठाउमा नबसेर ४० मिनेटको अन्तरमा दायाँ बायाँ हिड्नुहोस्।
६.नरम ओछ्यान
हिजोआज नदब्ने (कडा) ओछ्यानको प्रयोग बढिरहेको छ । तर त्यसो नभइ नरम ओछ्याउनेको प्रयोगनै उत्तम हुन्छ । नरम विछ्यौनाको प्रयोग गरे ढाडको दुखाईबाट छुट्कारा पाउन सकिन्छ ।
७.क्यालशियम
क्यालशियम प्राप्त हुने खानेकुराहरु खाने गर्नुहोस् । क्यालशियमको कमीले हड्डी कमजोर भई दुख्ने हुनाले तपाईले खाने खाद्ध सामाग्रिमा क्यालशियमको मात्रा भरपुर हुन आवश्यक छ । सबै खानेकुराहरुवाट क्यालशियम पाइन्छ भन्ने छैन त्यसै विज्ञहरुकै सल्लाहमा क्यालशियम युक्त खाद्ध सामाग्रिको जोह गर्नुपर्दछ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

