
|
|
काठमाडौं, ३० पुस । एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य तथा ७ नम्बर प्रदेश इन्चार्ज लेखराज भट्टले दोस्रो विवाह गरेको खुलासा भएको छ ।
एमाओवादीको सुदूरपश्चिमका खम्बा भनेर चिनिने ५७ वर्षीय लेखराजले केही दिनअगाडि गुपचुपमा ताप्लेजुङकी २६ वर्षीया युवती विष्णू आचार्यसँग विहे गरेको खुलासा भएको हा । आचार्य एमाओवादीको भातृ संगठन अखिल क्रान्तिकारी ताप्लेजुङकी नेतृ हुन् ।
किन गरे दोस्रो विवाह ?
सुदूरपश्चिमका चर्चित नेता तथा पूर्वमन्त्री लेखराजले ५७ वर्षको उमेरमा दोस्रो विहे गर्नुको कारण उनकै श्रीमतीले सन्तान नपाउनु रहेछ । जेठी श्रीमती निर्मलाले सन्तान जन्माउन नसकेपछि उनकै सल्लाहमा लेखराजले दोस्रो विहे गरेका हुन् । स्रोतका अनुसार जनयुद्धदेखि नै साथ दिएकी श्रीमती निर्मलाकै सहमतिमा लेखराजले दोस्रो विवाह गर्न राजी भए ।
विवाहको कुरा पनि निर्मला नै चलाएको खुलेको छ । उनले अखिल क्रान्तिकारी ताप्लेजुङकी नेतृ विष्णु आचार्यसँग छलफल गरेपछि मात्र लेखराज लगन गाँठो कस्न तयार भएका थिए । स्रोतका अनुसार जेठीबाट सन्तान नभएपछि लेखराजले छोरी उमरेकी युवतीलाई कान्छी श्रीमती बनाएर घर भित्र्याएका हुन् ।
सन्तान सुखका लागि भन्दा पनि सम्पत्ति स्याहार्न बच्चा जन्माउने उपायका लागि लेखराज र निर्मलाले खुबै प्रयास गरे । भारतका विभिन्न अस्पतालमा बच्चा नहुनुको कारण पत्ता लगाउन दुवैले स्वास्थ्य परीक्षण गराए । अन्तिममा दिल्लीको एक अस्पतालले सन्तान नहुनुमा निर्मलाको दोष देखायो । त्यसपछि निर्मला नै श्रीमानका लागि कान्छीको खोजीमा लागिन् ।
एक वर्षअघि लेखराज दम्पत्तिले कैलालीतिरकै एक युवतीलाई बच्चा जन्माउने प्रयोजनका लागि राजधानी ल्याएको थियो । लेखराजले ललितपुरको सानेपामा दुई करोड बढीको मूल्यको निवास किनेका छन् । सोही निवासमा युवतीलाई राखिएको थियो । एक दिन माहोल मिलाएर युवतीलाई घरमा पाल्नुको कारणबारे जब निर्मलाले बताइन्, तब युवती फरार भइन् ।
अर्कैको कोखबाट गुपचुप बच्चा जन्माउने र जीवन निर्वाहका लागि केही रकम दिएर बिदा गर्ने योजना विफल भएपछि विवाह नै गरेर कान्छीबाट सन्तान जन्माउने निर्णयमा लेखराज र निर्मला दम्पत्ति पुग्यो ।
दोस्रो विवाह गर्न नपाइने भन्दै जनयुद्ध लडेका लेखराजले आफै दोस्रो विहे गरेपछि सर्वत्र अलोचना भएको छ । उनको मात्र होइन् माआवादी पार्टी तथा कम्युनिष्टहरुकै आलोचना भइरहेको छ । कम्युनिष्ट नेताले एक मात्र त्यो पार्टीको नीतिअुनसार विहे गर्नुपर्ने प्रचलन छ । तर लेखराजले सन्ताका लागि यो प्रचलन तोडेका हुन् ।
कारवाही के हुन्छ ?
यस विषयमा एमाओवादीका प्रवक्ता दिनानाथ शर्माले कम्युनिष्टछ नेताले दोस्रो विहे गर्न नपाउने र लेखराजको दोस्रो विवाहबारे कुनै जानकारी नभएको बताए ।
उनले भने- ‘मलाई यो विषयमा थाहा छैन । कहिले विहे गर्नुभयो ? यो कुरा पहिलो पटक सुन्दै छु । यो विषयमा म अनविज्ञ छु । विहे गरेको पुष्टि भए पार्टी छलफल बहस हुन्छ र कारवाही प्रक्रिया अगाडि बढ्छ ।’ श्रीमती समेतको सहमतिमा दोस्रो विहे गरेका कारण भट्टमाथि कुनै उजुरी नपरेको र कारबाही पनि भएको छैन् ।
पहिलो संविधानसभाको निर्वाचनमा कैलाली क्षेत्र नं ५ बाट सांसदमा निर्वाचित भएका लेखराज त्यो बेला मन्त्री समेत बनेका थिए ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

