Home » » राज्य कोषबाट ३ अर्ब रकम लुट्ने यी हुन् ३२ नेता

राज्य कोषबाट ३ अर्ब रकम लुट्ने यी हुन् ३२ नेता

काठमाडौं, १ माघ । मुलुकका प्रमुख पाँच पदको जिम्मेवारीमा रहेका बहालवाला र भूतपूर्वसहित ३२ जना विशिष्ट व्यक्तिका लागि मापदण्डबिनै वार्षिक ३ अर्ब बराबर रकम राज्य कोषबाट खर्च हुने गरेको छ ।
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखको जिम्मेवारीमा रहेका बहालवाला र भूतपूर्व २७ जनासहित ३२ बिशिष्टका लागि राज्यकोषबाट उक्त रकम खर्च हुँदै आएको समाचार नागरिक दैनिकले समचार लेखेको छ ।


विशिष्टका नाममा मनलाग्दी खर्च गरेको पाइएपछि बेरुजु फस्र्योट समितिले उक्त विषयमा चासो व्यक्त गरेको संयोजक रामहरि खतिवडाले बताए ।
‘बहालबाला र भूतपूर्वसहित ३२ जना ‘बिग फाइभ’लाई सुविधाका नाममा कुनै मापदण्ड नबनाई वार्षिक ३ अर्ब बराबर रकम खर्च हुने गरेको देखियो, खतिवडाले भने, ‘उक्त रकमलाई महालेखाले बेरुजुमा देखाएको रहेछ, जुन विवरण अहिले समितिसमक्ष आइपुगेको छ।’

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}