
|
|
२४ पुस, काठमाडौं ।
अवैध कामदारलाई मलेसियाबाट स्वदेश फिर्ता पठाउन दलालको चलखेल सुरु भएको छ।
मलेसियाले अवैध रूपमा बस्ने विदेशी कामदारलाई कडा कारबाही गर्ने कानुन ल्याउने तयारी गरेकाले दलालले त्यसको फाइदा उठाउँदै सेटिङ मिलाएर स्वदेश फर्कन चाहने नेपाली कामदारसँग ७० हजारदेखि ८० हजार रुपैयाँ (तीन हजार रिंगेट) सम्म लिन थालेका छन्।
विशेषगरी भिसा अवधि बाँकी भएका तर कम्पनी परिवर्तन गरेका व्यक्तिलाई नेपाल फिर्ता गर्न दलालको चलखेल बढेको हो। नेपाल र मलेसिया दुवैतिरका दलालमार्फत सेटिङ मिलाएर कामदार घर फर्काउने प्रवृत्ति देखिएको छ।
नीति आइसकेपछि चर्को जरिबाना एवं जेलसजाय हुने भन्दै दलालले कामदारसँग मोटो रकम असुल्न थालेका हुन्।
मलेसियाको कानुनअनुसार चर्को जरिबानासहित जेल सजाय हुनसक्ने त्रासका कारण अवैध कामदारले घर फिर्ता हुन दलाललाई मागेअनुसारकै रकम तिर्न थालेका छन्। तर मलेसियाले अहिलेसम्म नयाँ नियम भने ल्याइसकेको छैन।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

