
|
|
एजेन्सी । पहिले पहिलेका महिला घरबाटै बाहिर निस्कन डराउथे । बजार जाँदा पनि समूहमा जान्थे । तर, अहिलेकामा निकै परिवर्तन आएको छ । त्यसैले भनिएको होला कलियुग । जयपुरमा महिलाको एक यस्तो गिरोह भेटिएको छ जहाँका महिलाले आफ्नो फोन नम्बर बाड्दै पुरुषलाई यौनसम्पर्कका लागि घरमा बोलाउने धन्दा गरिरहेका छन् । सुन्दा अच्चम लाग्न सक्छ तर, यो सत्य कुरा प्रहरी अनुसन्धानपछि मात्रै पत्ता लाग्यो । प्रहरीले महिलाको यस्तो गिरोहको पर्दाफाश गरेको जो पहिला पुरुषलाई फोन नम्बर दिएर घरमा बोलाउछिन् र फेरि बलात्कारको मुद्दमा फसाउने धम्की दिएर लाखौं रुपैयाँ माग्छिन् ।
घटना जयपुरको हो जहाँ महिलाहरु ज्वैलर्स र कपडा व्यापारीहरु कहाँ पसल किन्ने भन्दै जान्थे । फेरि त्यहाँ व्यापारीलाई आफ्नो जवानीको जालमा पारेर फोन नम्बर आदान–प्रदान गर्थे । त्यसपछि व्यापारीलाई फकाएर यौनसम्पर्कका लागि घरमा बोलाउथे । घरमा ढोका बन्द गरेर पहिला कुटपीट गर्थे त्यसपछि सँगै टाँसिएर सेक्सी पोजमा फोटो खिच्थे । ब्याकमेलिङ गरेर पैसा नदिए रेप केशमा फसाउने धम्की दिन्थे । बलात्कार मुद्दाको डरले व्यापारीहरुले धमाधम पैसा दिन तयार हुन्थे । तर, एकदिन एक साहसी व्यापारीले पैसा नदिएर शौचालयबाट प्रहरीमा सूचना दिएपछि यो धन्दाको पर्दाफास भयो । महिलाहरु धनी व्यापारी र प्रतिष्ठित व्यक्तित्वलाई फसाउने गरेका थिए । प्रहरीले यो धन्दामा संलग्न पाँच महिलासहित ७ जनालाई पक्राउ गरी ठगी मुद्दामा कारवाही सुरु गरेको छ । यी महिलाहरुले करिब ३ वर्षदेखि यस्तो धन्दा गर्दै अनुसन्धानमा खुलेको छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

