
|
|
एजेन्सी । कलियुगमा आफ्नै छोराका साथीसँग आमाले अनैतिक सम्बन्ध राखेको घटना सार्वजनिक हुन थालेको छ । आफ्नै साथीसँग आमाले प्रेम र शारीरिक सम्बन्ध राख्दा छोराले दुबैको हत्या गरिदिएका छन् । दुबैको शवलाई अलग अलग ठाउँमा फालिदिएका छन् । प्रहरीले दुबैको शव बरामद गरेको छ । महिलाका दुबै छोरालाई पक्राउ गरेको छ । यस्तो छ घटना विवरणः घटना भारतको कानपुरको हो । जिल्लाका वरिष्ठ पुलिस अधीक्षक शलभ माथुरले घटनाबारे यसरी जानकारी गराए । कल्याणपुरको रोशन नगरमा इमरान र कामरान आफ्नी आमा राबिया बेगमसँग बस्दै आएका थिए ।
राबिया जनावरको गोबरबाट बन्ने गुइठाको कारोबार गर्थिन् । रञ्जीत नामका युवक गुइठालाई आफ्नो टांगाबाट होटलहरुमा लगेर बेच्थे । रञ्जीत सधै राबियाको घर आउथे जसका कारण उनको राबियाका छोरा इमरान र कामरानसँग पनि भयो । रञ्जीत अधिकांश रात यिनकै घरमा सुत्थे । एक दिन छोराले इमरान मध्यराति आफ्नी आमाको कोठामा जान ढोका खोल्दा रञ्जीत र आमालाई बिस्तरामा आपत्तिजनक अवस्थामा भेट्टाए । त्यसपछि दुबै छोरा मिलेर आमा र साथी रञ्जीतको हत्या योजना बनाए । र आइतबारका दिन ४८ वर्षीय आमा राबियाको हतया गरेर शवलाई बोरामा हालेर नदीमा फालेर आए । दोस्रो दिन रञ्जीतलाई घरमा बोलाएर घाटी थिचेर हत्या गरी बीच सडकमा फलिदिए । दुबैको हत्या मध्यराति नै भएको थियो । रञ्जीतका परिवारको उजुरीका आधारमा प्रहरीले अनुसन्धान गर्दा यो घटना बाहिर आएको हो । बरिष्ठ प्रहरी अधिक्षक माथुरका अनुसार मंगलबार दुबै अभियुक्तलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

