
|
|
एजेन्सी । जनताबाट प्रतिनिधी चुनिएका एक सांसद आफ्नै बुहारीबाट लुटिएका छन् । सम्पूर्ण जनताले विश्वास गरेपनि उनलाई उनकै बुहारीले विश्वासघात गरेकी हुन् । घटना भारतको आगराको हो । आगराको फतेहाबादबाट बसपा(पार्टी)का विधायक(सांसद) छोटे लाल वर्माकी बुहारी शालिनी वर्मा १९ लाख नगद, २५ तोला सुन लिएर फरार भएकी छिन् । उनले साथमा पाँच वर्षीय छोरीलाई पनि लिएर गएकी छिन् । सांसदका छोराले ताजगंज प्रहरी थानामा उजुरी दर्ता गराएका छन् । फरार बुहारीको खोजी कार्यमा प्रहरी लागेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार आगराको फतेहाबादबाट निर्वाचित सांसद छोटे लाल वर्माका छोरा लक्ष्मीकान्त वर्मा ताजगंजस्थित पाश्र्र्व नाथ पंचवटी कलोनीमा परिवारसहित बस्थे ।
लक्ष्मीकान्तको एक इन्टर स्कूल र एक डिग्री कलेज छ । उनी मंगलवार अलीगढस्थित इन्जिनियर कलोनीमा बस्ने आफ्नी बहिनीको घर गएका थिए । राति करिब १० बजे फर्किएका लक्ष्मीकान्तले घरको ढोका खुलै पाए । घरभित्र गएर हेर्दा न पत्नी संगीता थिइन् न पाँच वर्षीय छोरी । पुरै घर चहार्दामा पनि छोरी र श्रीमती भेटिएनन् । छिमेकीमा गएर खोज्दा पनि भेटेनन् । फेरि घर फर्किदा उनको नगर अलमारीमा पर्यो । अलमारी पनि खुलै थियो । लकरमा राखिएको करिब १९ लाख रुपैयाँ २०÷२५ तोला सुन पनि गायब थियो । त्यसपछि उनले आफ्नो माइतीघर इन्द्रापुरम, राजपुरचुंगीमा सम्पर्क गरे त्यहाँ पनि छोरी र श्रीमती थिएनन् । संगीता वेपत्ता भएपछि ससुराल र माइती पक्षमा खलबली मच्चियो । परिवारजनले रातभरी उसको खोजतलास गरे तर, भेट्टाएनन् । संगीताले पहिला नै बनाएकी थिईन् भाग्ने योजना बुधवार दिउँसो सांसद वर्माका छोरा लक्ष्मीकान्तले ताजगंज प्रहरी थानामा उजुरी दिएका छन् । प्रहरी भन्छ– संगीताविरुद्ध लुटपाट मुद्दा दर्ता गरेर खोजविन सुरु गरेका छौं । प्रहरी जाँचमा पत्ता लाग्यो कि घरमा लगाइएको सीसीटीवी क्यामेरा दिउँसो एक बजेदेखि बन्द गरिएको थियो । एक बजे भन्दा पहिलाको सीसीटीवी फुटेज भने देखिएको छ । यसले स्पष्ट हुन्छ कि संगीताले पहिला नै भाग्ने योजना बनाएकी थिईन् । प्रहरीले घरमा काम गर्ने नौकरानीसँग पनि सोधपुछ गरेको छ जसमा उनले भनिन्– म अपराह्न काम गर्न पुगेकी थिए । केही समयपछि मालिक्नीले बहाना बनाएर मलाई छुट्टी दिनुभयो । साँझ ५ बजेसम्म संगीतालाई छिमेकीले पनि घरमै देखेका थिए । यद्यपी प्रहरीले संगीताको कल डिलेट निकालिरहेको छ । त्यसपछि मात्रै घटनाबारे थप कुरा पत्ता लाग्ने बताइएको छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

