Home » » प्रधानमन्त्री ओलीको आश्वासनले मधेसी मोर्चामा छटपट्टी, थारु र मुस्लिम खुसी

प्रधानमन्त्री ओलीको आश्वासनले मधेसी मोर्चामा छटपट्टी, थारु र मुस्लिम खुसी

काठमाडौं, २४ पुस । प्रधानमन्त्री केपी ओलीले उच्चस्तरीय कार्यदल बनाएर थारु, मधेसीका साथै आन्दोलनकारी शक्तिका मागलाई राजनीतिक रुपमा सम्बोधन गर्न सरकार तयारी रहेको बताउनुभएको छ । थारुवान/थारुहट संयुक्त संघर्ष समितिसँग बिहीबार राति बालुवाटारमा सम्पन्न वार्ताका क्रममा प्रधानमन्त्री ओलीले कार्यदलमा थारु आन्दोलनकारीका पक्षबाट पनि प्रतिनिधि राखिएने बताउनुभयो । 

प्रधानमन्त्री ओलीको भनाइ उदृत गर्दै थारु नेतृ तथा सांसद रुक्मिणी चौधरीले भन्नुभयो, ‘हिँजो राति भएको वार्ता अत्यन्तै सकारात्मक पायौँ । गृहकार्य गरेरफेरि वार्तामा बस्ने कुरा प्रधानमन्त्रीले भन्नुभएको छ । उच्चस्तरीय कार्यदल बन्ने र त्यसले राजनीतिक विषय सम्बोधन गर्ने कुरा अगाडि बढेको छ ।’ सांसद चौधरीका अनुसार प्रधानमन्त्री ओलीले थारु समुदायले उठाएका मागका विषयमा सरकार गम्भीर रहेको र सीमाङ्कदेखि समावेशी तथा समानुपातिक प्रतिनिधित्वका विषयमा सहयोग गर्ने आश्वासन दिनुभएको छ । मधेसी मोर्चाले थारु र मुस्लिम समुदायलाई पनि मधेसीमा राखेर सोही अनुसारको व्यवस्था गर्न माग गरेका छन् । मधेसी मोर्चाको यो मागलाई थारु र मुस्लिम समुदायले बिरोध गर्दै आएका छन् । प्रधानमन्त्री ओलीले थारु र मुस्लिमले आफ्नो पहिचानका आधारमा राज्यका हरेक अंगमा समानुपातिक र समावेशी प्रतिनिधित्व गर्न पाउने आश्वासन वार्तामा दिनुभएको छ । ‘थारु र मुस्लिमलाई मधेसीको आरक्षणमा राख्न सकिँदैन’, ओलीले भन्नुभयो, ‘मधेसी मोर्चाका माग आफ्ना छन् । थारु र मुस्लिमहरूका माग आफ्नै प्रकृतिका छन् । मधेसी मोर्चाले भने जस्तो गरेर कुनै पनि विषयले ठाउँ पाउँदैन ।’ प्रधानमन्त्री ओलीले अगाडि भन्नुभयो, ‘थारु र मुस्लिमलाई मधेसीमा लगेर किन मिसाउँने ?’

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}