
|
|
एजेन्सी, पुस २९ । अफगानिस्तानको जलालाबादमा रहेको भारतीय वाणिज्य दुतावास अगाडि आज फेरि आतंकी हमला भएको छ । आक्रमणकारीले आत्मघाती विस्फोट गराएका छन् ।
हमलामा अहिले सम्म कम्तिमा ७ जनाको मृत्यु भएको छ भनै दर्जनौ घाइते भएका छन् । विभिन्न देशका वाणिज्य दुतावास रहेको क्षेत्रमा आक्रमणकारी घुसेर हमला गरेका हुन् ।
अहिले पनि तीन जना आक्रमणकारी उक्त क्षेत्रमा रहेको बताइएको छ । उनीहरु कुन देशको दुतावासमा छिरेका छन् भन्नेकुरा खुल्न सकेको छैन ।
उक्त क्षेत्रमा अहिले सुरक्षाकर्मी र आक्रमणकारीबीच दोहोर फायरिङ चलिरहेको छ । अहिले सम्म हमलाको कसैले पनि जिम्मेवारी लिएको छैन ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

