Home » » दम रोगको घरेलु रोकथामका उपाय

दम रोगको घरेलु रोकथामका उपाय

कुशल श्रेष्ठ
‘दम’ (Asthma) यस्तो अवस्था हो जसले हाम्रो फोक्सोलाई असर गर्दछ र स्वासप्रश्वास प्रक्रियामा बाधा पुर्याउँदछ। नेपालमा अझै पनि लाखौँ युवा तथा वृद्धहरूलाई दमले सताइरहेको छ र यो मात्रा बढ्दै जाँदैछ।

दमलाई कसरी कम गर्ने जान्नको लागि पहिले दम किन र कसरी हुन्छ भन्ने कुरा जान्नु जरुरी हुन्छ। किनभने कुनै पनि कुराको कारण थाहा भयो भने त्यसलाई हुनै नदिने उपायहरू पनि अपनाउन सकिन्छ।

किन हुन्छ ‘दम’?
जब हामी स्वास लिन्छौँ, त्यो हावा स्वासनली हुँदै फोक्सोमा पुग्दछ। स्वासनली फोक्सोमा पुग्दासम्म साँघुरो हुँदै जान्छ र फोक्सोभित्र यहि स्वासनलीका हाँगाहरू बाँडिएका हुन्छन्।

यदि हामीलाई दम भएको छ भने, उक्त स्वासनलीको भित्री भाग सुन्निने हुन्छ र धुलो, धुँवा, गह्रौँ काम र तनावले गर्दा स्वासनलीमा झन् बढि दवाव पर्दै जान्छ। यस्तो प्रतिक्रियाले स्वासनलीमा बाक्लो खकार जम्मा हुँदै जान्छ, जसले गर्दा हामीलाई स्वासप्रश्वास गर्न अप्ठ्यारो हुँदै जान्छ। यस्तो अवस्था बढ्दै गएमा हामीलाई दमघात (Asthma Attack) हुन्छ र तुरुन्तै अस्पताल जानुपर्ने अवस्थाको सिर्जना हुन्छ।


मलाई ‘दम’ भएको छ भनेर कसरी थाहा पाउने?
एकचोटी आफैलाई सोध्नुहोस्-
  • के मलाई रातिको बेला खोकी लाग्छ?
  • के मलाई स्वास फेर्दा गाह्रो हुन्छ? अथवा कहिलेकाहिँ स्वास नै नआएको जस्तो हुन्छ?
  • के मलाई स्वास फेर्दा छाती दुख्छ? कहिलेकाहिँ लामो स्वास फेर्न गाह्रो हुन्छ?
  • के मेरो परिवारमा कसैलाई दम छ?

यदि तपाईँले माथिका प्रश्नहरूको जवाफमा ‘हुन्छ’ पाउनुभयो भने, तपाईँलाई दम भएको छ भनेर बुझ्नुहोस्।

के ‘दम’लाई कम गर्ने कुनै घरेलु उपायहरू छन्?
दम हुनुको ठेट कारण अझसम्म पत्ता नलागे पनि विभिन्न अनुसन्धानले एलर्जी, वायु प्रदूषण, स्वासप्रश्वास सङ्क्रमण, दूषित वातावरण, असन्तुलित खाना र केही औषधीलाई कारण बताएको पाइन्छ।

दम खतरनाक रोग हो, तर यसलाई रोकथाम गर्ने उपायहरू पनि छन्। तीमध्ये केहि घरेलु उपायहरू निम्न छन्। तर अवस्था जटिल हुँदै गएमा, ढिलो नगरी तुरुन्तै अस्पताल गएर उचित उपचार गराउनुहोस्।

१. अदुवा
अदुवा दमजस्ता खतरनाक रोगहरूलाई उपचार गराउने प्राकृतिक जडिबुटी हो। विशेषज्ञहरूका अनुसार यसले सुन्निएको स्वासनलीलाई राहत दिन्छ र हावालाई आवतजावत गर्न मद्दत पुर्याउँदछ।Ginger For Asthma

  • अदुवाको जुस, अनारको जुस र महलाई बराबर मात्रामा मिसाउनुहोस्। यो मिश्रणलाई दिनमा ३ चोटी १-१ चम्चा खाएमा दमबाट राहत पाउन सकिन्छ।
  • सुकेको अदुवालाई मसिनो गरि पिनेर हरेक दिन १ चम्चा अदुवाको धुलोलाई १ गिलास मनतातो पानीमा मिसाएर पिउनाले पनि दमबाट छुट्कारा पाउन सकिन्छ।
  • १ इन्च अदुवालाई पानीमा राखेर १० मिनेटसम्म उमालेर उक्त पानी पिउनाले पनि दमबाट तुरुन्तै राहत पाउन सकिन्छ। (अदुवा राखेको चिया पिउँदा के-कस्ता फाइदा हुन्छ, पढ्नको लागि यहाँ क्लीक गर्नुहोस्)
  • तपाईँले काँचो अदुवालाई नुनसँग मिसाएर पनि खान सक्नुहुन्छ।

२. तोरीको तेल
दमघात भएको बेलामा, तोरीको तेलले हलुका मसाज गर्दा स्वासनलीलाई खुलाउँदछ र स्वास फेर्नमा कुनै बाधा पुर्याउँदैन।Mustard Oil for Asthma
  • थोरै तोरीको तेललाई कपूरको धुलोसँग तताउनुहोस्।
  • त्यसलाई एकछिनसम्म चिसो बनाउनुहोस् र मनतातो भएपछि बिरामीको छाती र ढाडमा हलुका मसाज गरिदिनुहोस्।

३. लसुन
दमको प्रारम्भिक चरणको बेला लसुनको प्रयोगले फोक्सोमा परेको दवावलाई कम गराउँदछ।Garlic For Asthma
  • १ कप दूधमा २/३ कोसा लसुन राख्नुहोस् र उमाल्नुहोस्।
  • कोठाको तापक्रममा त्यसलाई चिसो बनाउनुहोस् र पिउनुहोस्।
तर, तपाईँ यी ५ प्रकारका व्यक्तिहरूमध्येमा पर्नुहुन्छ भने लसुनको प्रयोग नगर्नुहोस्।

४. कफी
कफी सेवन गर्नुको धेरै फाइदाहरू छन्। कफीमा पाइने ‘क्याफिन’ले स्वासनलीलाई आराम प्रदान गर्दछ र तपाईँलाई स्वास फेर्न सहज गराउँदछ। कफी जति कडा भयो, त्यति नै राम्रो! तर दिनमा ३ कपभन्दा बढी कफी नपिउनुहोस्। यदि तपाईँलाई कफी मन पर्दैन भने, कालो चिया पनि पिउन सक्नुहुन्छ। तर हरेक चोटी दमले आक्रमण गरेको बेला कफीको सहायता नलिनुहोला।

५. प्याँज
प्याँजमा जलनलाई प्रतिरोध गर्न सक्ने विशेषता हुन्छ जसले स्वासनलीमा भएको बाधालाई कम गराउँदछ। साथै, प्याँजमा पाइने सल्फरले पनि सुन्निएको स्वासनलीलाई राहत प्रदान गर्दछ। (प्याँज काट्दा किन आँशु आउँछ?)
दमले आक्रमण गरेको बेला काँचो प्याँज चपाउनुहोस्। यदि काँचो प्याँजको स्वाद मन पर्दैन भने बफाएको प्याँज पनि खान सक्नुहुन्छ।

६. कागती
दमबाट ग्रसित अधिकांश व्यक्तिहरूमा ‘भिटामिन सी’को कमी भएको हुन्छ। कागतीमा प्रशस्तै भिटामिन सी र एण्टिअक्सिडेन्टहरू पाइन्छन् जसले दमको लक्षणलाई केहि क्षणमै कम गराउँदछ।Lemon For Asthma

  • बिहानै, १ गिलास मनतातो पानीमा एउटा कागतीको रस मिसाउनुहोस् र आफ्नो स्वाद अनुसार चिनी मिसाएर पिउनुहोस्।
  • यसो गर्नाले दिनभरी दमले आक्रमण गर्न सक्ने सम्भावना कम हुन्छ।

थप सुझावहरूः
  • तपाईँलाई विशेष गरी के कारणले दम हुन्छ भनेर पत्ता लगाउनुहोस् र त्यसबाट टाढै रहनुहोस्। कुनै वस्तुबाट एलर्जी छ भने पनि त्यसबाट बच्नुहोस्। 
  • धुम्रपान गर्नुहुन्छ भने त्यसलाई कम गर्दै लैजानुहोस्। किनभने धुम्रपान गर्नेहरूको लागि दम सबैभन्दा खतरनाक हुन्छ।
  • राती सुत्दा उत्तानो परेर नसुत्नुहोस्, त्यसले गर्दा तपाईँको स्वासनली तन्किन्छ र टाल्लिन्छ। कि घोप्टो परेर, कि चाहिँ कोल्टे परेर सुत्दा राति दमले आक्रमण गर्न सक्दैन। 
  • बजारमा पाइने प्याकेटका खानाहरू नखानुहोस्। बढि चिल्लो, पिरो र मसालेदार खाना नखानुहोस्।
  • पानीलाई तताएर मात्रै पिउनुहोस्। यदि तातो पानीको सुविधा छैन भने पनि चिसो पानी धेरै नपिउनुहोस्।
  • कहिलेकाहिँ तपाईँलाई दमले आक्रमण गरेको बेला माथिका कुनै पनि उपायहरू अपनाउने अवस्था हुँदैन। त्यसैले चिकित्सकको सल्लाह अनुसार ‘आस्थालिन’ (Asthalin) लाई सँधै आफ्नो साथमा राख्नुहोस्।
  • यदि यी सबै उपायहरू अपनाउँदा अपनाउँदै पनि दमले आक्रमण गर्न छोडेन भने तुरुन्तै स्वास्थ्य चौकी गएर चिकित्सकको सल्लाह लिनु जरुरी हुन्छ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}