
|
|
२६ पुस, एजेन्सी।
१० जनवरीमा लण्डन, न्युयोर्क सहित कयौं सहरमा ‘नो प्यान्टस् सबवे राइड’ हुदैछ। सन् २००२ मा सात जना युवाले मजाकमै सुरु गरेको यो चलनको लागि सन् २००६ मा न्युयोर्कमा १५० मानिस सहभागी थिए। सन् २०१३ सम्म आइपुग्दा विश्वका ६० सहरले यो चलन पछ्याएको थियो।
यसरी बिना प्यान्ट रेलमा यात्रा गरेकाले सुरु सुरुमा कतिलाई गिरफ्तार पनि गरियो। पछि हरेकवर्ष मानिसहरु यहि दिन बिना प्यान्ट यात्रा गर्न थालेपछि ख्यालख्यालमै सुरु गरेको चलन बन्न पुगेको छ।
पुरुष सहित महिलाको पनि सहभागिता हुने यो कामबाट अन्यले लाज मान्नु नपर्ने आयोजकहरुको भनाइ रहने गरेको छ। केवल रमाइलोको लागि आयोजित हुने यो कार्यक्रम मेक्सिको सिटी, सांघाई, इस्तान्बुल, हङकङ, बर्लिन, पेरिस लगायतको सहरमा समेत आयोजना हुन थालेको छ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

