Home » » कांग्रेस नेता कोइराला भन्छन्- सरकार आफ्नो भारीले आफै ढल्ने देखेको छु

कांग्रेस नेता कोइराला भन्छन्- सरकार आफ्नो भारीले आफै ढल्ने देखेको छु

काँग्रेसभित्र ६०-४० को भागबण्डाले गन्ध ल्याएको भनाई

धनगढी, २७ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले ६०-४० को भागबण्डा तोड्ने कुरामा आफू लाग्ने दाबी गरेका छन् ।
प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले नेपाली काँग्रेसभित्र ६०–४० को भागबण्डाले गन्ध ल्याइरहेको भन्दै उनले त्यो परम्परा तोड्ने कुराको पक्षमा आफू रहेको स्पष्ट पारे ।
उनले नेपाली काँग्रेसको आसन्न १३ औं महाधिबेशनमा आफूले दुबै गु्रपबाट चुनाब लड्ने मनसाय नभएको बताए । उनले भने महाधिबेशन प्रतिनिधि छनौटपछि मात्र आफू कुन पदमा लड्ने भन्नेबारे साथीहरुको सल्लाहमा उम्मेदवारी दिने पक्षमा छु ।

कैलाली लगायत देशका छ/सात जिल्लामा सदस्यता विबाद देखिएको बताउँदै नेता कोइरालालले भने यो विवाद एक हप्ताभित्रै समाधान हुन्छ । सदस्यता वितरणमा त्रुटि भएको स्वीकार गर्दै उनले भने त्यसका बारेमा पदाधिकारीबीच छलफल भइरहेकोले विवाद समाधान हुने कुरामा दुईमत छैन् ।
विधानको पालना नगरेकोले सदस्यता वितरणमा विवाद आएको हो उनले भने सदस्यता विवादका बारेमा छनौट समितिको पनि गल्ती छ । आसन्न १३ औं महाधिबेशनमा सभापति पदमा धेरै नेताहरुले आकांक्षा व्यक्त गरेका छन् भन्दै उनले आकांक्षा व्यक्त गर्नु कुनै अनौठो नभएको बताए ।
नेता कोइरालाले आफू सुदूरपश्चिम भ्रमणका क्रममा रहदा सबैको काँग्रेसप्रति सहानुभूति रहेको तर नेतृत्व समय अनुकुल चल्न नसकेको गुनासो पाएको बताउँदै उनले भने अबको महाधिबेशनले सबैको भावना अनुसार चल्न सक्ने नेतृत्व चयन गर्नेछ ।
केही कार्यकर्ताहरुमा निराशा छाएको पाए नेता कोइरालालले भने काँग्रेस ठूलो पार्टी भएर पनि राष्ट्रपति लगायत महत्वपूर्ण पदहरु गुमाएकोमा निराश छन् । यस्तै कोइरालाले सुदूरपश्चिम भ्रमणको क्रममा यहाँका जनताको सुदूरपश्चिम एउटैमा राख्नु पर्ने धारणा रहेको र आफूले सुदूरपश्चिम अखण्ड रहने जनतालाई आश्वास्त पारेको बताए ।
कैलाली कञ्चनपुरका थारु समुदायलाई विशेष अधिकारसहित संरक्षित क्षेत्र दिनुपर्ने पनि नेता कोइरालाको जोड थियो ।
पत्रकारको एक अर्को जिज्ञाशामा काँग्रेस अहिलेको सरकारलाई परिवर्तन गर्ने खेलमा नलागेको बताउँदै कोइरालाले भने सरकार आफ्नोभारीले आफै ढल्ने देखेको छु, काँग्रेस सरकार ढाल्ने पक्षमा छैन् ।
उनले संविधान जारी भइसके पश्चात यसमा रहेका त्रृटिहरुलाई सच्याई कार्यान्यनमा सबैले एकजुट भएर लाग्नुपर्ने बताए । संविधान जारी पश्चात मुलुकमा देखिएको विषम परिस्थिती चाँडै अन्त्य नभए मुलुक अप्ठ्यारो दिशामा जाने पनि बताए ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}