Home » » यी हुन् सम्पत्ति विवरण लुकाउने मन्त्री तथा सांसद, पूर्व अर्थमन्त्री महतलाई जरिवाना

यी हुन् सम्पत्ति विवरण लुकाउने मन्त्री तथा सांसद, पूर्व अर्थमन्त्री महतलाई जरिवाना

३७ जना सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण

काठमाडौँ, २७ पुस । आर्थिक वर्ष २०७१/७२ मा २४ हजार ३७६ सार्वजनिक पदधारण गरेका व्यक्तिले सम्पत्ति विवरण नबुझाएको राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ ।
आव २०७१/७२ मा सम्पत्ति विवरण बुझाउनुपर्ने सार्वजनिक पदधारण गरेका कुल तीन लाख ६१ हजार १०७ जना पदाधिकारीमध्ये तीन लाख ३६ हजार ७३१ जनाले मात्र सम्पत्ति विवरण बुझाएको प्रतिवेदन केन्द्रले सार्वजनिक गरेको छ ।


प्रतिवेदनअनुसार सम्पत्ति विवरण सहभागिताको क्षेत्रगत बनोट हेर्दा सम्पत्ति विवरण नबुझाउनेमा सबैभन्दा बढी शिक्षक वर्ग १४.५९ प्रतिशत छ भने त्यसपछि क्रमशः स्थानीय निकायका १३.०७ प्रतिशत, निजामती ९.२३ प्रतिशत, सैनिक ६.५९ प्रतिशत, प्राध्यापक २.६९ प्रतिशत र प्रहरी ०.२४ प्रतिशत रहेका छन् ।
आव २०७१/७२ मा सम्पत्ति विवरण नबुझाउनेमा मन्त्री र सांसदसमेत छन् । पूर्वअर्थमन्त्री डा रामशरण महतले सम्पत्ति विवरण बुझाउनुभएको छैन भने पूर्व ऊर्जामन्त्री राधाकुमारी ज्ञवाली र महिला बालबालिका तथा समाजकल्याण मन्त्री निलम केसी (मैनाली) ले समयपश्चात् मात्र सम्पत्ति विवरण बुझाउनुभएको छ । महत विश्वकै उत्कृष्ठ अर्थमन्त्री समेत चनिनुभएको थियो ।

प्रधानमन्त्री कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रका अनुसार महतले सार्वजनिक पदमा रहेर सम्पत्ति विवरण नबुझाएकाले भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार ५ हजार रुपैंया जरिवाना तिर्नुपर्नेछ । साथै गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको ठानी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउनेहरुको सम्पत्ति छानविन गर्नसक्ने सुविधा पनि ऐनमा छ ।
त्यस्तै, ३७ जना सांसदले विवरण बुझाउनुभएको छैन भने १५ जना सांसदले समयपश्चात् मात्र विवरण बुझाउनुभएको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । रासस

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}