
|
|
– विमल योगी
काठमाडौं, २७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले देशका लागि राम्रा काम गर्न खोजेको बताउनुभएको छ ।
भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपा नेपालले सोमबार आयोजना गरेको समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले भन्नुभयो- मैले जति राम्रा काम गरेपनि ती कामहरुको प्रशंसा गर्नुभन्दा पनि आलोचना गरियो । राम्रा कामहरुलाई ओझेलमा पारेर नराम्रा कामहरुलाई ठूलो विषय बनाइयो ।
उहाँले केही मान्छे छन्, जो मेरो साना कुरालाई लिएर मजाक उडाउने र गलत अभिव्यक्ति दिने कार्यमा लागेको आरोप लगाउनुभयो । ‘मैले राम्रा गरेको कसैले देखेन् । मैले नराम्रो गरेको सबैले देखे,’ उहाँको गुनासो थियो । केही दिन अगाडि प्रधानमन्त्री ओलीले सिलिण्डर युग समाप्त पारेर घरघरमा ग्यास पाइप पुर्याउने घोषणा गरेका थिए ।
सञ्चारकर्मीको प्रश्नमा उहाँले मुलुकले छिट्टै निकास पाउने बताउनुभयो । ‘वार्ता सम्वाद चलिरहेको छ, धेरै अगाडि बढिसकेको छ । धैर्यता गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।
पृथ्वी नारायण शाहको जन्म जयन्तीमा विदा दिने सरकारले नै राष्ट्रिय एकता दिवस मनाउने चर्चा थियो तर, सरकारले किन मनाएन् भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भन्नुभयो- पृथ्वीनारायण शाहले भौगलिक रुपमा एकता गर्नुभाको हो । उहाँको सम्मान गर्नुपर्छ । उहाँको ती कामहरुको मुल्यांकन गर्नुपर्छ ।’

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

