
|
|
१९ पुस, काठमाडौं ।
चर महिनादेखि तराई मधेसको आन्दोलनको समाधान खोज्नको लागि प्रमुख तीन दलको बैठक वालुटारमा सुरु भएको छ ।
मधेसी मोर्चालाई सहमतिमा ल्याउनको लागि साझा धारणा बनाउनको लागि तीन दलको बैठक बसेको हो ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बालुवाटारमा शुरु भएको बैठकको तस्विर ट्वीटरमा शेयर गरेका छन् ।
प्रचण्डको सचिवालयले जनाए अनुसार एकीकृत नेकपा (माओवादी), नेकपा एमाले र नेपाली काँग्रेसको सहितको बैठकमा साँझ ५ बजेपछि बस्ने मधेसी मोर्चासँगको बैठकमा कसरी जाने भन्ने बिषयमा बैठकमा छलफल भईरहेको छ । त्यसैगरी संविधान संशोधनका बिषयमा पनि तीन दलबीच छलफल भईरहेको छ ।
एक साता अघि प्रमुख प्रतिपक्ष दल कांग्रेस, एमाओवादी र मधेसी मोर्चाबीच भएको वार्तामा तीन दलले साझा धारणा बनाएर सहमति निर्माण गर्ने भनेपछि तीन दलकै बैठक बस्न सकेको थिएन । तीन दलबीच नै छलफल हुन नसकिरहेको बेला आज प्रधानमन्त्री केपी ओलीको आग्रहमा बैठक बसेको छ ।
मधेसी मोर्चालाई सहमतिमा ल्याउनको लागि तीन दलको बैठक वालुटारमा सुरु भएको एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव जोखबहादुर महराले बताए । उनले भने–तीन दलको बैठक सुरु भएको छ, साँझ हुने बैठकमा आशा गरौ मधेसी मोर्चा पनि सहभागी होला ।’

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |


