
|
|
रगतमा कोलेष्ट्रोलको मात्रा वृद्धि हुँदा मुटू र शरीरका थुप्रै भागमा नोक्सानी पुगाउन सक्छ ।
कोलेष्ट्रोलको मात्रा बढी हुँदा त्यसले आँखालाई समेत असर पुगाउन सक्छ भने सोँच्ने शक्तिमा क्षीण हुनु र पुरुषमा यौन कार्यमा निष्क्रियता पनि हुन सक्ने चिकित्सकहरूले बताएका छन् ।
आफ्नो शरीरको कोलेष्ट्रोललाई कम गराउनका लागि यी उपाय नियमित गरिए हामीलाई धेरै सहयोग मिल्ने चिकित्सकहरूले बताएका छन् ।
लसुन
प्याज र टमाटरपछि खाना पकाउन ज्यादा प्रयोग गरिने लसुन हो । लसुनमा थुप्रै अनुसन्धान भएका छन् । र स्वास्थ्यका लागि लसुन अत्यन्तै फाइदा जनक भएको तथ्यले देखाएको छ । प्रत्येक दिन एउटा केस्रा काँचो लसुन खाँदा कोलेष्ट्रोलको मात्रा थुप्रै घट्छ ।
जैतून
जैतूनमा मोनोसैचुरेटेड फ्याट एसिड हुन्छ । जसले गर्दा रक्तचापको कम गर्न र कोलेष्ट्रोल घटाउन सहयोग मिल्छ । बिहान उठेर लसुन र जैतूनको तेललाई मिसाएर खाने गर्दा उचित हुन्छ ।
बदाम
खास गरेर बदामको सेवन मुटूका लागि राम्रो मानिन्छ । यसमा प्रोटीन, फाइबर र एन्टीआक्सीडेन्टस्को मात्रा अधिक हुन्छ । यसले कोलेष्ट्रोललाई रगतमा मिसिनबाट रोक्छ । बदाममा क्यालोरी अधिक हुने हुँदा यसको सेवन ध्यान पुगाएर गर्नुपर्छ । धेरै खाँदा अर्को रोग निम्तन सक्छ ।
ग्रीन टी
चीन र मध्य एशियाका साथै अन्य देशमा खाना खाएपछि ग्रिन टी पिउने चलन छ । ग्रिन टी पिउँदा शरीरमा रहेको अनावश्यक चिजहरूलाई निकालेर फाल्ने गर्छ । यसको प्रयोगले कोलेष्ट्रोल घटाउन सहयोग मिल्ने गरेको चिकित्सकहरूले बताएका छन् ।
माछा
हिल्स, सैलमन र ट्राउट माछा, ओमेगा– ३ मा फ्याटी एसिडले भरपूर हुन्छन् । यो रक्तवाहिनिलाई सफा गर्ने काम गर्छ । माछाको सेवनले कोलेष्ट्रोल जम्मा हुन दिँदैन । रगत पनि सफा गर्छ । यसै कारण चिकित्सकहरूले हप्तामा दुई पटक माछा खान सल्लाह दिने गर्छन् ।
सोयाबीन
प्रोटीनले भरपूर सोयाबीन आफैमा पूर्ण आहार मानिन्छ । सोयाबीनमा आइसोफ्लैवोन हुने गर्छ । जसले कोलेष्ट्रोलविरुद्ध काम गर्छ । यसका अलावा दाल पनि फाइदा जनक रहेको मानिन्छ । दालमा प्रोटीन र फाइबर हुन्छन् ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

