Home » » तस्करीको अखडामा प्रहरीको संरक्षण, कहाँ छन् यी अखडा ?

तस्करीको अखडामा प्रहरीको संरक्षण, कहाँ छन् यी अखडा ?

काठमाडौं, १८ पुस । चार महिना लामो मधेस केन्द्रित दलहरुको आन्दोलन र भारतको नाकाबन्दीपछि भारतीय नाका जोडिएका पश्चिम तराईका जिल्ला तस्करीको अखडा बन्दै गएको राष्ट्रिय मानव अधिकार आयोगले ठहर गरेको छ । आयोगले सरकारी निकायकै प्रत्यक्ष संलग्नतामा सीमा क्षेत्र तस्करीको अखडा बन्दै गएको ठहर गरेको समाचार राजधानी दैनिकले छापेको छ । 

तराई आन्दोलन र भारतीय नाकाबन्दीपछिको अवस्था अनुगमन गर्न पश्चिम तराईमा खटिएको मानव अधिकार आयोगको टोलीले तीन ओटा नाका जोडिएका जिल्लामा अनुगमन गरी यस्तो ठहर गरेको हो । आयोगका सदस्य गोविन्द पौडेलको नेतृत्वमा गएको अनुगमन टोलीले कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्लाका साथै ती जिल्लामा रहेका बेलहिया, महेशपुर र कृष्णनगर नाका अनुगमन गरेको थियो । तीन जिल्ला मध्ये रुपन्देहीको बेलहिया नाकासँग जोडिएका बस्तीहरु अत्यन्तै अव्यवस्थित पेट्रोलियम पदार्थको (तस्करी गरिएको) राख्ने गोदाम बन्दै गएको र जुनसुकै बेला विस्फोट भएर ठूलो क्षतिको सम्भावना रहेको छ । रुपन्देहीको डन्डा खोलादेखि बेलहिया नाका प्रहरी चौकीसम्मका प्रत्येक घरमा एक सयदेखि १० हजार लिटरसम्म पेट्रोल अव्यवस्थित रुपमा भण्डारण गरी राखिएको पाइएको आयोगका सदस्य गोविन्द पौडेलले जानकारी दिए । 

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}