Home » » प्रधानमन्त्री ओलीको चित्त दुखाइ–देश बनाउने योजना सुनाउँदा हावादारी भने

प्रधानमन्त्री ओलीको चित्त दुखाइ–देश बनाउने योजना सुनाउँदा हावादारी भने

काठमाडौं, पुस २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने योजना र सपना सुनाउँदा हावादारी भनेकोमा चित्त दुखाएका छन् । आफूले आधुनिक नेपालका योजना र सपना बताउँदा संचारमाध्यमले त्यसलाई गलत रुपमा तोडमोड गरेर उडाएकोप्रति उनले असन्तुष्टि जनाएका हुन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानको ३० औं प्राज्ञसभालाई मंगलवार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘मैले समृद्ध नेपालको योजना बुन्न र सपना देख्‍न पनि नपाउने ? जे कुरा गरे पनि उडाउने ? तर जति उडाए पनि म काम गरेर देखाउँछु।’


प्रधानमन्त्री ओलीले केही पृथकतावादी शक्तिले मुलुक टुक्र्याउने षड्यन्त्र गरिरहेको आरोप लगाउँदै  मुलुक टुक्र्याउने षड्यन्त्र कुनै पनि हालतमा सैह्य नहुने स्पष्ट पारे ।

हिंसात्मक राजनीति र गलत व्यवस्थापनका कारण मुलुक गरिव भएको बताउँदै प्रधानमन्त्रीले भने  लोकतान्त्रिक विधि र मान्यता अनुरुप समस्याको समाधान खोजिने बताए ।

भारतको नाकाबन्दीको मार, जनताले भोगिरहेको सकस र पीडा आफूले अनुभव गरेको बताउँदै जनताको सहस आफूले बुझेको बताउँदै भने– जनताकेपीडाबाट सधैँलाई मुक्ति दिने योजना सार्वजनिक गर्दा उडाए पछि कसरी काम गर्न सकिन्छ ? प्रश्न गरेका थिए । प्रधान्मत्रीले भने–‘यहाँ राम्रो कुरा गर्नै नहुने भो। जिब्रो नै थुत्लान् जस्तो गर्छन्। हुँदाहुँदा मैले हास्यकलाकारलाई पनि पराजित गरेको भनेर हल्ला गरिसकेछन ।’
जसले जे भने पनि आफू आफ्नो योजना र सपनाप्रति इमान्दार एवं दृढ रहेको प्रधानमन्त्रीले बताए ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानले मुलुकको कला, संस्कृति, साहित्यलगायतका क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरे ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}