
|
|
हाँसो पनि कति कडा हो हँ ? एकजना गर्भवती महिला यति जोडले हाँसिन् की हाँस्दा हाँस्दै उनको पेटमा रहेको बच्चा फुत्तै जन्मियो ।
घटना हो बेलायतका । लण्डनस्थित प्लेमाउथ सहरमा रहेको एक नाटकघरमा हाँस्यव्यंग्य प्रस्तुती हेरेर हाँसो खप्न नसकेपछि एक महिलाले निर्धारित डेट भन्दा २ महिना अघि नै बच्चा जन्माइन् । कलाकारको कमेडी प्रस्तुतीका कारण हाँसो थाम्न नसकेपछि उनी यति धेरै हाँसिन् की हाँसोकै कारण उनलाई सुत्केरी व्यथा नै सुरु भयो र उनले बच्चा जन्माइन् पनि ।
क्रिस्टी नामकी ती गर्भवती महिलाले नाट्यघरमा क्रिसमसको अवसरमा आयोजित हाँस्यव्यंग्य कार्यक्रम हेरिरहेकी थिइन् । कलाकार गोक वानले कमेडी प्रस्तुती दिइरहेका थिए । उनको प्रस्तुती यति दमदार थियो की क्रिस्टीले शो अवधिभर हाँसो थाम्न सकिनन् । जोडसँग हाँसिरहँदा उनलाई प्रसव पीडाले चेँप्यो र उनलाई तत्कालै डेरिफोर्ड अस्पताल लगियो । अस्पतालमा उनले छोरो जन्माइन् र उसको नाम रुबेन राखियो ।
छोरो पाएपछि क्रिस्टीले शोसल मिडियामा लेखिन्ः शो हेर्दा म यति जोडसँग हाँसिरहेकी थिएँ की त्यसै कारणले गर्दा मेरो बच्चा यो दुनियामा आयो । उनले बच्चा जन्माउने निर्धारित डेट भन्दा २ महिना अघि नै बच्चा जन्माएकी हुन् । उनलाई फेब्रुअरीमा बच्चा जन्माउने डेट दिइएको थियो ।
डाक्टरका अनुसार यो हाँसोबाट सिर्जित दबाबको असर हो । सामान्य रुपमा यस्तो नहुने भएपनि जब निरन्तर रुपमा खितितिती हाँसिन्छ तब समयभन्दा पहिले नै बच्चा जन्मिने पनि हुनसक्छ ।
दर्शकले आफ्नो नाटकघरको प्रस्तुतीकै कारण बच्चा जन्माएको समाचार सुनेपछि थिएटरका प्रवक्ताले खुसी व्यक्त गर्दै भनेका छन् हाम्रो कारण बच्चा जन्मिँदा हामी निकै खुसी छौँ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

