Home » » बाजी जित्ने चक्करमा चिम्टा नै निलेपछि…..

बाजी जित्ने चक्करमा चिम्टा नै निलेपछि…..

साथीभाइसँग केही कुरामा बाजी थाप्नु सामान्य हो । कहिले खाने कुरा तथा कहिले कुनै काम गर्ने कुरा । तर कहिलेकाहीँ अलिक गम्भीर तथा घातक कामकुरामा पनि बाजी थाप्ने गर्छन् जोसिला तन्नेरीहरु । यस्तो बाजीको शर्त पूरा गर्दा हुने परिणामको ख्याल नै नगरी उनीहरु जोखिमयुक्त काम गर्न हाम फालिहाल्छन् बाजी जित्ने बहानामा । हालै भारतमा यस्तै घटना भएको छ ।

भारतको राजस्थानस्थित जालोर जिल्लामा पैसाको बाजी जित्ने चक्करमा एक युवकले डेढ फुट लामो फलामको चिम्टा नै निलेको छन् ।

स्थानीय पाँचला गाउँका २८ वर्षीय सुराभाइ मेघवालले आफ्ना साथीभाइसँग आफुले चिम्टा निल्नसक्ने भन्दै बाजी थापे । उनले त्यो छोटो चिम्टा निले पनि । तर त्यो चिम्टा पेटमा गएर फसेपछि उनी इन्तु न चिन्तु भए ।

उनको स्वास्थ्य अवस्था गम्भीर बनेपछि परिवारले उनलाई अस्पतालमा लगिहाले । ९ जना डाक्टरको एउटा टोलीले उनको अप्रेसन गरी उनको सरीरबाट चिम्टा बाहिर निकाल्न सफल भए । युवकको स्थिति निकै नाजुक बनेको थियो । अहिले पनि उनी भेन्टिलेटरमै मृत्युसँग संघर्ष गरिरहेका छन् । पेटमा अडि्कएको चिम्टाले कलेजो तथा अन्य अंगमा पनि नोक्सान पूराइसकेको बताइएको छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}