
|
|
काठमाडौं – धेरै नेपालीमा ग्यास्ट्रिकको समस्या छ । नेपालीका लागि यो रोग राष्ट्रिय रोग जस्तै बनेको छ । पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि यो रोगका लक्षणहरु हुन् । ग्यास्ट्रिक भएपछि वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ आउने, वान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, पेट हुडेल्ने, तौल कम हुने जस्ता लक्षण देखिन्छन् । हाम्रो जीवनशैली खानपान शैली, मानसिकताले गर्दा यो रोग लाग्छ । आज यो रोगका केहि जटिलता र प्राकृतिक उपचारका बारेमा चर्चा गरौं ।
ग्यास्ट्रिकका जटिलताहरू :
ग्यास्ट्रिकको बेलैमा उपचार भएन भने अल्सर र तथा क्यान्सरको खतरा हुन्छ । अल्सर हुँदा बारम्बार रक्तस्राव हुने हुँदा रक्तअल्पताको समस्या पनि देखा पर्न सक्छ । यसैगरी भिटामिन बीको अवशोषणमा चाहिने तत्वहरूको उत्पादन हुन नसक्दा परनिसियस रक्तअल्पता, स्नायु तथा नाडीहरूको क्षय, अन्ननली सुन्निनु, दम बड्ने, मुखमा घाउखटिरा आइरहने, आन्द्रामा घाउ हुने, खानाको पाचन र अवशोषण सुचारु नहुने र मल निष्कासनमा जटिलता आई कब्जियत समेत हुन सक्छ ।
ग्यास्ट्रिकको उपचार :
ग्यास्ट्रिक धेरै कारणले हुन सक्छ । यसको बेलैमा उपचार गर्ने हो भने यसका अन्य जोखिम निवारण गर्न सकिन्छ । यो रोग खानपानका कारण अत्याधिक लाग्ने हुँदा आफ्नो खानपानमा सुधार गर्नु आवश्यक छ । हानिकारक मानिएका खाना छाडेर रेसा र चोकरयुक्त खस्रामोटा खानेकुराहरू खानु पर्छ । पानी प्रशस्त पिउनुपर्छ, यसो गर्दा ग्यास्ट्रिक एसिडले आमाशयलाई हानी पुर्याउन पाउँदैन ।
ग्यास्ट्रिकका केहि प्राकृतिक उपचार :
१) अंग व्यायाम, रिढ व्यायाम, शिथिलीकरण व्यायाम, प्रातः भ्रमण, दौडिने, कुद्ने, योगाभ्यास, सूर्य नमस्कार जस्ता व्यायाम ग्यास्ट्राइटिसमा उपयोगी हुन्छन् ।
२) बज्रासन, पवनमुक्ताशन, सर्वांङआसन, मत्स्यन्द्र, भुजंग, उदारकर्श र धनुराशन, ताडाशन, त्रियकताडाशन जस्ता आसनविधि, अनुलोमविलोम, शीतली, सित्करी, वामनासिका श्वासन जस्ता विधिले पनि यस रोगमा फाइदा पुर्यााउँछन्, तर रोगको अवस्था गम्भीर छ भने यी विधिहरू पालना गर्नुसट्टा चिकित्सकको परामर्श लिनुपर्छ ।
३) जलनेती (नाकको सफाइ) कुन्जल (पेटको सफाइ), एनिमा (ठूलो आन्द्राको सफाइ), शंखप्रक्षालन (सम्पूर्ण पाचन प्रणालीको सफाइ) जस्ता उपचार पद्धतिले ग्यास्ट्राइटिस समनमा ठूलो सहयोग पुर्यापउँछ ।
४) पेटको मालिस, माटोको पट्टी, ग्यास्ट्रो(हेपेटिकप्याक, नौली तथा गणेश क्रियाको अभ्यास, अकुपन्चर तथा अकुप्रेशर जस्ता उपचार विधिले पनि ग्यास्ट्राइटिसमा राम्रो गर्छ ।
विश्राम व्यवस्थापन :
१) ग्यास्ट्राइटिस तनावपूर्ण जीवन ज्यूँनेहरूलाई डर चिन्ता, खिन्नता, उदासिनता र अनिद्राका रोगीलाई हुने रोग हो। तसर्थ, तनाव व्यवस्थापन ग्यास्ट्राइटिस निवारणको कडी हो ।
२) शारीरिक तथा मानसिक रूपले विश्राम लिनका लागि योगासन, योगनिद्रा, माइन्ड साउन्ड टेक्निक, ध्यान विधिको अभ्यास गर्नुपर्छ । सकारात्मक चिन्तनलाई जीवनको अभिन्न अंग बनाउनुपर्छ ।
३) सातामा एकपटक सम्पूर्ण शरीरको मालिस तेल अभ्यंग, बाष्पस्नान, सउना, फोहरा स्नान, तैरनु, पौडनु र प्राकृतिक दृश्यमा रम्ने बानी बसालौं ।
सावधानीहरु :
१) माथि उल्लेख भएका जीवनशैलीमा बाँच्ने कोशिस गरौं ।
२) सामान्य रोगका औषधिहरु आफू खुशी प्रयोग नगरौं ।
३) यो रोगका लक्षण देखिना साथ चिकित्सकसँग परामर्श लिने बानी बसालौं ।
४) ग्यास्ट्रिकको उपचार गर्दा चिकित्सकले दिएको औषधी पूर्ण रूपले खाने गरौं ।
५) कलेजो, मिर्गौला, फियो र आन्द्राका रोग भएकाहरूले रोगको उपचारमा सावधानी अपनाऔं ।
६) पेट तथा छातीको अपरेसन गर्दा ग्यास्ट्रिक हुने सम्भावना ज्यादा रहने भएकाले सावधानी अपनाऔं ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

