
|
|
तुलसी
तुलसीमा कामोत्तेजना जगाउने तत्व हुन्छ। तुलसीको पाउडर अथवा तेल शरीरमा घस्नाले र तुलसीको पात खानाले यौन उत्तेजना जगाउने हार्मोन बढी उत्सर्जन हुन्छन्।
खरबुजा
खरबुजामा सिट्रुलाइन नामक एमिनो एसिड प्रशस्त मात्रामा पाइन्छ। यसले रक्तवाहिनी नलीलाई तनावमुक्त गराउने र यौनांगमा रगतको प्रवाह तीव्र बनाउने काम गर्छ। यौनांगमा रक्तसञ्चार तीव्र पार्नकै लागि मानिसले भिएग्रा लिने गर्छन्। खरबुजामा पाइने तत्वले पनि भिएग्राको काम गर्न सक्मछ।
एभोकाडो
एभोकाडोमा भिटामिन बी–६ र पोटासियम प्रचुर मात्रामा पाइन्छन्। भिटामिन बी–६ ले पुरुषको सेक्स हार्मोन बढाउने गर्छ। त्यस्तै पोटासियमले महिलाको थाइराइड ग्ल्यान्डलाई सुचारु र स्वस्थ अवस्थामा राख्छ। थाइराइड ग्ल्यान्डको सीधा सम्बन्ध व्यक्तिको यौन क्षमतासँग हुन्छ। एभोकाडोमा फोलिक एसिड पनि प्रशस्त पाइन्छ, जसले मुटुलाई बलियो पार्ने र शरीरलाई ऊर्जा दिने काम गर्छ। भव्य यौन जीवनका लागि बलियो मुटु र ऊर्जा आवश्यक हुन्छन्।
लसुन
सेक्सअघि लसुन खानाले मुख गनाउँछ, जसले गर्दा सेक्स सुन्दर नहुन सक्छ। सेक्सका क्रममा मुख नगनाउने गरी समय अन्तर कायम गरेर लसुन खानाले बेडमा तपाईंको प्रस्तुति प्रभावकारी हुन सक्छ। लसुनमा एलिसिन नामक तत्व पाइन्छ, जसले यौनांगमा रक्तसञ्चार तीव्र गराउँछ।
कालो चकलेट
कालो चकलेटलाई पश्चिमी समाजमा ‘छिल्लिएको खानेकुरा’समेत भन्ने गरेका छन्। कालो चकलेटमा फेनाइलेथाइलामाइन जस्ता प्रेम रसायन पाइन्छन्, जसले दिमागमा डोपामाइन र अनान्डामाइडजस्ता न्युरोट्रान्सिमटरलाई दिमागमा रिलिज गर्ने काम गर्छन्। यिनले व्यक्तिलाई सन्तुष्टि प्रदान र हासिल गर्न प्रेरित गर्छन्। जर्नल अफ सेक्सुअल मेडिसिनले गरेको एउटा सर्वेक्षणमा हरेक दिन एक टुक्रा कालो चकलेट खाने युवतीको यौनजीवन नखानेको भन्दा सुखद हुने पाइएको थियो।
बदाम
बदाममा फ्याट्टी एसिडको मात्रा उच्च हुन्छ। यसले महिला तथा पुरुष दुवैमा यौनसम्बन्धी हार्मोन बढी उत्पादन गराउँछ। बदामको सुगन्ध मात्रले महिलामा यौनभाव सिर्जना हुने गर्छ भन्ने कुरा विभिन्न अनुसन्धानले पुष्टि गरिसकेका छन्। त्यस्तै, यसमा पाइने अर्जिनाइन नामक तत्वले रक्तधमनीलाई रिल्याक्स गराई पुरुषको यौनांगमा रक्तसञ्चार तीव्र गराउँछ।
कुरिलो
कुरिलोमा भिटामिन ई र फोलाइट पाइन्छन्, जसले पुरुष तथा महिला दुवैलाई यौनका क्रममा चरमोत्कर्षको अवस्थामा चाँडै पुग्न सघाउ पुर्यालउँछन्।
केरा
केरालाई फिल्महरूमा ‘सेक्स सिम्बोल’का रूपमा पनि प्रस्तुत गरिन्छ। केरामा ब्रोमेलेन नामक इन्जाइम प्रचुर मात्रामा पाइन्छ। यसले कामोत्तेजना बढाउने गर्छ। त्यसैगरी, यसमा पाइने पोटासियम र भिटामिन बीले पुरुष तथा महिला दुवैमा सेक्स हार्मोन र ऊर्जा बढाउने गर्छन्।
अन्डा
अन्डाले यौन शक्ति बढाउने गर्छ। यसमा भिटामिन बी ६ र भिटामिन बी ५ प्रचुर मात्रामा पाइन्छन्। यिनले सेक्स हार्मोनसहित समग्र हार्मोनलाई सन्तुलनमा राख्ने गर्छन्। त्यस्तै, यसमा पाइने भिटामिन बी १२ ले पुरुषको सेक्स हार्माेन टेस्टोस्टेरोन बढाउने गर्छ।
रातो खुर्सानी
रातो खुर्सानीले सेक्सको मुड बनाउने इन्डोर्फिन नामक तत्व शरीरमा बढी रिलिज गराउँछ। यसले रक्तसञ्चार र मुटुको गतिलाई तीव्र बनाउँछ।
फर्सीको बियाँ
फर्सीको बियाँमा ओमेगा–३ नामक फ्याट्टी एसिड र जिंक पाइन्छन्। यसले यौनजीवनलाई भव्य बनाउने हार्मोन उत्पादनलाई तीव्र बनाउने काम गर्छ।
अदुवा
अदुवाले तपाईंको रोगप्रतिरोधी क्षमतालाई बलियो बनाउने गर्छ। साथै, अदुवा खानाले यौनांगसहित शरीरका सबै भागमा रक्तसञ्चार तीव्र हुन्छ। सेक्सअघि अदुवा हालेको चिया खानुभयो भने यसले तपाईंको शरीरलाई तताउने र मुटुको गतिलाई तीव्र बनाउने काम गर्छ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

