
|
|
जन्डिस आफैँमा रोग होइन, बरु एउटा गहिरो रोगको लक्षण हो । जन्डिस भएपछि कलेजो विग्रने र भाइरल हेपटाइटिस हुने गर्छ जसको उपचार निकै कठिन मानिन्छ । मलेरिया, हेपटाइटिस ए लगायतका रोगका कारण पनि जन्डिस हुने गर्छ । प्रारम्भिक रुपमा पहिचान गर्न सकेमा कतिपय अवस्थामा जन्डिसलाई घरमै उपचार गर्न सकिन्छ । जन्डिस उपचारका केही प्रमाणित घरेलु उपाय यस्ता छन् ।
गोलभेडाको जुसः एक चिम्टिी नुन र मरिचको धुलो मिसाएको एक गिलास गोलभेडाको जुस विहान खाली पेट खानुहोस् ।
मुलाको पातः मुलाको पातले भोक लगाउने र आन्द्राको कार्यलाई सुचारु गराउँछ । मुलाको पातको जुस बनाई फिल्टर गरी खाँदा उत्तम हुन्छ ।
मेवाको पातः एक चम्चा महलाई एक चिया चम्चा मेवाको पातको पेस्टमा मिसाएर खानुहोस् । यसको सेवन जन्डिसका लागि निकै प्रभावकारी उपाय हुन सक्छ ।
उखुको रसः उखुमा भएको तत्वहरुले जन्डिसका रोगीले खाएको खानेकुरा वा जुस पचाउन सहयोग गर्नुका साथै कलेजोलाई उचित रुपमा काम गर्न सहयोग पुर्याई बिरामीलाई जन्डिसबाट मुक्त हुन सहयोग पुयाउछ । एक गिलास उखुको जुस नियमित पिउनुहोस् । दुई सातामै सकरात्मक नतिजा आउँछ । जुस निकाल्नुअघि उखुलाई राम्रोसँग सफा गर्नुहोस् ।
तुलसी पत्ताः १० देखि १५ ओटा तुलसीका पात लिनुहोस् र यसको लेप बनाउनुहोस् । यसमा यसमा आधा गिलास ताजा जुस मिसाउनुहोस् । दुई देखि तीन साताभित्रै जन्डिसबाट मुक्त हुन सकिन्छ ।
ग्रोजबेरीः ग्रोजबेरीमा भिटामिन सी पर्याप्त पाइन्छ । जन्डिसको लक्षणहरु अन्त्य गर्न वा जन्डिस भइसकेपछि पनि यसबाट मुक्त पाउन यसले निकै सहयोग पुर्याउछ ।
जौः एक मुठी जौलाई तीन लिटर पानीमा मिसाएर सानो आगोमा लामो समयसम्म तताउनुहोस् । यसरी धेरैबेरसम्म तताएको पानीलाई बारम्बार पिउनुहोस । उमालेको जौ पानी जन्डिस उपचारका लागि सही तरिका सक्छ ।
कागतः कागतीमा भएको रोग प्रतिरोधी तत्वले पनि जन्डिस उपचारमा सहायक सिद्ध हुन सक्छ । कागतीले रोकिएका आन्द्राका नलिहरुलाई खुलाइदिनुका साथै रोगीले खाएको खानेकुरा पचाउन पनि मद्दत गर्छ । यसरी बनाएर खाएको कागती पानीले कलेजोको कोषलाई हानी हुनबाट बचाउछ ।
चिचिन्डोः सात देखि १० ओटा चिचिन्डाका पात लिनुहोस् र एक कप पानीमा मिसाएर उमालेर चिसो बनाउनुहोस् । सेलाएपछि दिनमा कम्तिमा तीन गिलास पिउनुहोस्, जन्डिसबाट केही हदसम्म मुक्ति मिल्न सक्छ ।
घ्युकुमारीको पातः घ्युकुमारीको केही पात टिपेर भित्रको तरल पर्दाथलाई कालो नून र अदुवासँग मिलाउनुहोस् । १० दिनसम्म खाली पेट खानुहोस् । बिस्तारै सुधार आउछ ।
कसनीको बिरुवाः यो आफैमा औषधी हो। कलेजोको रोग उपचारका लागि कसनीका सबै भाग जस्तै फुल, विया, जरा र बोक्रा समेत प्रयोग हुन्छ । यसको जुस पिउनाले कलेजोेलाई सक्रीय रुपमा काम गर्छ ।
महिः एक गिलास महि लिनुहोस र यसमा केही कालो मरिच हाल्नुहोस् । राम्रोसँग घोल्नुहोस र दिनमा कम्तिमा तीन पटक पिउनुहोस् ।
केराः पाकेको केरालाई मुठिले मिच्नुहोस, केही मह मिसाउनुहोस र दिनमा कम्तिमा पनि दुई पटक खानुहोस् । जण्डिस उपचारमा यो विधि आयुर्बेदमा पनि निकै प्रयोग भएको पाइन्छ ।
गाँजरको जुसः गाँजरको ताजा जुस बनाउनुहोस् र दिनमा पाँच सात पटक पिउनुहोस् । गाँजरका टुक्रालाई रोगीले खाने खानामा समेत मिलाए दिनुपर्छ ।स्वास्थ्य खबरपत्रिका

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

