
|
|
घरमा बिजुलीका लागि सोलार राख्नेलाई सरकारले अनुदान दिनुका साथै बैंकको ब्याज पनि तिरिदिने भएको छ। कुल लागतको १० प्रतिशत रकम घर धनीले तिरेमा ९० प्रतिशत रकम बैंकले ऋण उपलब्ध गराउँछन्।
बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका निर्देशक रामप्रसाद धितालका अनुसार बैंकले लिने ९ प्रतिशत ब्याजमध्ये घरायसी प्रयोजनका लागि लिएको सोलारको ७५ प्रतिशत ब्याज र व्यवसायिक प्रयोजनका लागि जडान गरिएको सोलारको ५० प्रतिशत ब्याज सरकारले तिरिदिन्छ।
नेपाल इन्भेष्टमेन्ट बैंक र सिभिल बैंकका देशभरिका मुख्य शाखाबाट सोलार जडान गर्न ऋण पाइन्छ। एनएमबी बैंकको सितापाइला शाखबाट अहिले यस्तो कर्जा दिने गरेको छ।
बैंकबाट ऋण लिनको लागि धितो राख्नुपर्दैन। सोलारलाई धितो मानिन्छ। बढीमा ६० किस्तामा बैंकको ऋण तिर्नुपर्ने ब्यवस्था छ।
१०० वाटदेखि माथिको सोलार राख्दा बैंकले कर्जा दिन्छ भने सरकारी अनुदान पाउन ५०० वाटभन्दा बढीको सोलार सिस्टम जडान गर्नुपर्छ। १०० वाटको सोलार राख्ने ब्यक्तिले १० प्रतिशत रकम बैंकमा बुझाएर ६० महिनामा रकम भुक्तानी गर्दा प्रतिमहिनामा ६८५ रुपैयाँ पर्न आउँछ। १०० वाटको सोलार जडान गर्दा कुल ४३ हजार ५ सय रुपैयाँ पर्छ।
राजधानीको भृकुटीमण्डपमा जारी नवीकरणीय उर्जा मेला २०७२ मा पनि बैंकले कर्जाका लागि फारम संकलन गरिरहेका छन्। मेलामा ६८ वटा सोलार कम्पनीले ९३ वटा स्टल राखेका छन्।
सोलार प्रणालीमा जडान भएका सोलार पाताको २० वर्ष, ब्याट्रीको ५ वर्ष, चार्जर कन्ट्रोलरको २ वर्ष, सोलार इन्भर्टरको २ वर्ष, सोलार वल्व र बत्ती २ वर्ष वारेन्टी हुन्छ। सोलारको गुणस्तरको निर्धारण केन्द्रले नै गर्छ। केन्द्रले यसरी सोलार बिक्री गर्न १ सय १८ वटा कम्पनीलाई छनोट गरेको छ।
बैंकबाट कर्जा लिन चाहिने कागजात
सिस्टम कोटेशन
लालपुर्जाको फोटोकपी
नागरिकताको फोटोकपी
आम्दानीको स्रोत
सरकारी अनुदानका लागि चाहिने कागजात
आवेदन फारम
नागरिकताको फोटोकपी
जडान गरिसकेको बिल
बिजुली बिल भुक्तानी
सेतो पाती बाट

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

