Home » » तपाईलाई यि समस्या छ, सावधान क्यान्सर सक्ला ?

तपाईलाई यि समस्या छ, सावधान क्यान्सर सक्ला ?

एजेन्सी - बेलायतको स्वास्थ्य विभागले एक चेतावनी जारी गर्दै क्यान्सरका लक्षणबारे जानकारी दिएको छ। तीन हप्ता भन्दा बढी छातीमा जलन भएमा तत्काल चिकित्सकलाई सम्पर्क गर्न विभागले सुझाव दिएको छ । पेटमा क्यान्सर हुन लाग्दा छातिमा जलन हुने चिकित्सकहरुको भनाइ छ।
क्यान्सरका लक्षण बेलैमा थाहा पाउन सके क्यान्सरको उपचार पनि सहज हुन्छ। पब्लिक हेल्थ इंगल्याण्डका “बी क्लियर अन क्यान्सर” अभियानमा सहभागी भएका चिकित्सकहरुले यस्ता लक्षणबारे सूची नै सार्वजनिक गरेका छन्।

क्यान्सर हुने लक्षणहरु यस प्रकार रहेका छन् :
१ कम खाँदा नै पेट भरिएको जस्तो हुनु
२ तीन हफ्ता सम्म अपच हुनु
३ खाना निल्न समस्या हुनु
४ विनाकारण तौल घट्नु
५ डकार आइरहनु
६ बान्त हुन खोजे जस्तो हुनु
७ पेटको माथिल्लो भागमा अहसज हुने वा दुख्ने
अधिकाँश मानिसहरु यस्ता सामान्य लक्षणलाई ध्यान दिँदैनन्। पछि क्यान्सर भैसकेपछि भने पछुताउँछन्। मानिसहरुले पेटको क्यान्सरबाट बच्न यस्ता सामान्य लक्षणमा समेत ध्यान दिनु पर्ने चिकित्सकहरुको सुझाव छ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}