Home » » ‘बागमती’ रिलिज भएकै दिन किन हावा खायो ? दर्शक ठग्न सुनको सिक्री उपहार

‘बागमती’ रिलिज भएकै दिन किन हावा खायो ? दर्शक ठग्न सुनको सिक्री उपहार

काठमाडौं, २५ पुस । भारतीय निर्देशकसहित अधिकांश प्राविधिकलाई राखेर निर्माण गरिएको ‘बागमती’ फिल्मले रिलिजको पहिलो दिनै हावा खाएको छ । पहिलो शोमा मुस्किलले जम्मा भएका दर्शकले ‘बागमती’लाई मन नपाराएको प्रतिक्रिया उनीहरूले दिएका छन् । फिल्म हेर्न पुगेका दैनिक पत्रिकामा कला समाचार लेख्ने पत्रकारले भने, ‘फिल्मको कथा र नाम मेलै खाँदैन । मलाई त मन नपरेर बीचैमा छाडेर निस्किए ।’ ती पत्रकारका अनुसार भारतीय निर्देशक र प्राविधिक टोलीलाई राखेर फिल्म बनाइ चलाउने प्रयास गरे पनि ‘बागमती’ राम्रो फिल्म बन्न नसकेको बताए । 

चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रियले त सामाजिक सञ्जाल फेसबुकमा सन्देश लेखेर ‘बागमती’को आलोचना गरेका छन् । उनले भनेका छन्, ‘बागमती अझै फोहोर नै रहेछ । २ करोड खर्च गरेर के सफा गरे होलान कुन्नी ?’ नयाँ पत्रिका दैनिकमा कार्यरत रङ पत्रकार लक्ष्मण सुवेदीले पनि बागमतीका विषया खासै राम्रो टिप्पणी गरेका छैनन् । उनी भन्छन्, ‘जिन्दगीको एक घन्टा ३८ मिनेट खेर गयो । उच्च शीरदर्दले इन्तु न चिन्तु बनाएको छ ।’ अर्का रङ पत्रकार नेमीष गौतमले भने, ‘बागमती फिल्मले बागमती नदीको नाम दुरुपयोग गरेको छ । फिल्मको कथा र निर्माणमा कुनै तालमेल छैन ।’ उनी शुक्रबार फिल्म हेर्न गए पनि फिल्म पूरै नहेरेर आएको बताए । फिल्मको कलेक्सन र दर्शकको प्रतिक्रिया के पाउनु भयो ? भनेर निर्माण पक्षसँग बुझ्न फोन गर्दा मोबाइल उठेन । राजधानीका मल्टिप्लेक्सहरू शुक्रबार फिल्म रिलिज भएकै दिन सुनसान बनेपछि निर्माण पक्ष जिल परेको छ । अझै रङ पत्रकारहरूको राम्रो प्रतिक्रिया नआएपछि ‘बागमती’ फोहर अझै यथावत रहेको बुझ्न सकिन्छ । मल्टिप्लेक्सहरूले ‘बागमती’लाई उतार्ने चेतावनी निर्माण तथा वितरकहरूलाई दिइसकेका छन् । मल्टिप्लेक्सहरूलाई फकाउन निर्माण पक्षले सुनको सिक्रीको योजना ल्याएको छ । तर यो योजनालाई हल सञ्चालकहरूले पत्याएका छैनन् । सुरूमै फाइट सिन राखिएको फिल्मको कथा बाबुछोरीमा केन्द्रित छ । मुटूको रोग लागेकी छोरीलाई बचाउन बाबुले गरेको प्रयासलाई कथा बनाइएको छ । कथाअनुसार ‘बागमती’ झूर बनेको रङ पत्रकारहरूले प्रतिक्रिया दिएका छन् । 

‘बागमती’ पुराना नायक शिव श्रेष्ठ, राजेश हमाल, नायिका केकी अधिकारी, श्रेया कार्की, रमेश अधिकारी आदिले अभिनय गरेका छन् । बागमतीलाई दक्षिण भारत घर भएका सन्नी केरलाले निर्देशन गरेका हुन् । ‘बागमती’मा लगानी भने यशोदा राई, दिनेश दर्शनधारी, विजय सत्याललगायतको छ । फिल्म नचलेपछि निर्माण पक्षले दर्शकहरू तान्न विभिन्न लोभ देखाएर लक्की ड्रको कार्यक्रम घोषणा गरेका छन् । फिल्मले पहिलो दिन पानी खाएपछि दर्शकलाई सुनको सिक्री, इलेक्ट्रिक बाइक दिने घोषणा गरेका छन् । यो घाषणा फिल्म राम्रो नबन्नु र नचल्नुकै प्रमाण रहेको रङ पत्रकारहरूको टिप्पणी छ । ‘फिल्म राम्रो भए पो दर्शक हेर्न आउँछन्’, एक जना रङ पत्रकारले भने, ‘के गर्ने फिल्म चलाउन दर्शकलाई झक्याउन सुनको सिक्री दिन्छु भन्ने । इलेक्ट्रिक बाइक दिन्छु भन्ने । अनि ठगेर भाग्ने ।’ फिल्मकी निर्मात्री यशोदा राईले फिल्मको हरेक टिकसँग एक कुपन वितरण गरिने बताएकी छिन् । 

उक्त कुपनलाई थिएटरको साइडमा राखिएको ‘बागमती’ बक्समा जम्मा गरेर हरेक दिन सम्पूर्ण मल्टिप्लेक्स थिएटरमा लक्की ड्र गरी एकजना भाग्यशाली दर्शकलाई चाँदीको सिक्का प्रदान गरिनेछ । यसबाहेक हरेक हप्ता मोबाइल फोन, होलिडे प्याकेज, डिनर विथ आर्टिष्टका साथमा सुनका गहनाहरु जस्तै सिक्री, औठी, बाला आदि प्रदान गरिने राईले बताइन् । 

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}