Home » » मधेसी मोर्चाका कार्यकर्ता थाकेपछि भारतसँग जोडिएको नाका खुल्यो

मधेसी मोर्चाका कार्यकर्ता थाकेपछि भारतसँग जोडिएको नाका खुल्यो

गौर (रौतहट), २५ पुस । विगत चार महिनादेखि अवरुद्ध बनेको गौर–बैरगनिया सीमा नाका आजबाट सञ्चालन भएको छ । 

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले गौर–बैरगनियास्थित मितेरी पुलमा धर्नामा बसी नाका अवरोध गर्दै आएका थिए । धर्नामा मोर्चाका कार्यकर्ता आउन छाडेपछि उक्त नाका भएर चारपाङ्ग्रे सवारी साधनदेखि लिएर मोटरसाइकल, रिक्सा, टाँगा, ओहोरदोहोर गर्न सुरु गरेका छन् । मितेरी पुलमा रहेको अवरोध हटेलगत्तै सदरमुकाम गौरमा चहलपहल बढेको छ । सीमा नाका भएर आवागमन सुरु भएपछि व्यापार व्यवसाय निर्वाधरुपमा सञ्चालन भएको छ भने जनजीवन पनि सामान्य बन्न थालेको छ । 
रासस 

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}