Home » » राजेन्द्र महतो विदेशी नागरिक भएको खुलासा, नागरिकता खोसेर जेल हाल्न माग (प्रमाणसहित)

राजेन्द्र महतो विदेशी नागरिक भएको खुलासा, नागरिकता खोसेर जेल हाल्न माग (प्रमाणसहित)

काठमाडौं, । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले झुटो विवरण पेश गरी नेपाली नागरिकता लिएको खुलासा भएको छ ।
महतोको झुटो नागरिकता छानविनको प्रमाण पत्रसहित ज्ञापनपत्र बोकेर शनिबार मधेसका युवाहरुको एक टोलीले गृहमन्त्री शक्ति बस्नेतलाई भेटेर नागरिकता र सम्पत्ति खोसेर जेल हाल्न माग गरेका छन् ।
गृहमन्त्री बस्नेतलाई बुझाइएको विज्ञप्तिमा भनिएको छ- राजेन्द्र महतोले नेपाली नागरिक नभएको, झुठा बयान र विवरण पेश गरी नेपाली नागरिकता लिन सफल भएको, नेपाल र नेपालीका विरुद्धमा छिमेकी राष्ट्र परस्त गतिविधी गर्दै सदियौदेखि रहेको हिमाल पहाड र मधेस र सो ठाउँमा बसोबास गर्ने जनताबीचको सामाजिक सदभाव भड्काई नेपाल राज्यमा अशान्ति, विखण्डन र अस्थिरता सिर्जना गर्न उद्दत रहेको र नेपालमा हिंसा सिर्जना गर्न अझ बढी षडयन्त्र रचिरहेको बुझिन आएकाले निजको नेपाली नागरिकताको प्रमाणपत्र नेपाल नागरिकता ऐन २०६३ को दफा १४ बमोजिम अविलम्ब रद्द गरी निजलाई नेपाली नागरिकबाट हटाउने आदेश जारी गरिदिन अनुरोध गर्दछौं ।’

महतोलाई कारवाहीको माग गरी गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै मधेसका युवाहरु
विज्ञप्तिमा महतोको सम्पत्ति जफत गरी कानुनी कारवाही गर्न माग गरिएको छ । जनकपुरका युवा सञ्जीव सु्रज झाद्धारा हस्ताक्षरित विज्ञप्तिमा तत्कालिन समयमा महतोको नागरिकता छानविन हुँदा प्रमाण नष्ट गर्ने, छानविनमा बहाना बनाएर अटेरी गर्ने स्थानीय प्रशासन र अख्तियारका अधिकारीलाई पनि कारवाही गर्न माग गरिएको छ । झा युवा संघ नेपालका मधेस ब्यूरो प्रमुख हुन् ।
हेर्नुस् महतोको नागरिकतामाथि भएको छानविनको प्रमाणः

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}