
|
|
– हरि गजुरेल
उनलाई लाग्छ– हामी सबै मान्छे ‘प्याकेज’ लिएर आएका छौं, त्यो अवधिमा हाम्रो आफ्नो केही जिम्वेवारी छ । यूवा अनुसन्धानकर्ता गणेशविक्रम सिंंह आले (२७) लाई लाग्छ ‘मेरो प्याकेज भन्नु नै रोर्वटिक्स हो ।’ जहाँ शून्य (भ्याकुम) हुन्छ, त्यहीँ केही न केही गर्न सकिन्छ । ‘त्यही कारण नेपालमा राम्रो प्लेट फर्म पनि पाएको छु । विदेशमा केही भ्यालू हुँदैंनथ्यो सभ्भवतः । बीचमा पस्नु भन्दा शून्यबाट सुरुवात गर्दा राम्रो हुन्छ । त्यसैले त म नेपालमा अवसरै अवसर देख्छु ।’– उनी सगर्व भन्छन् ।
२ वर्ष सम्म निरन्तर गरिएको अनुसन्धानबाट उनैले बनाएको वम डिस्पोजल रोबोट नेपाली सेनाले हालै मात्र खरिद गरेको छ, ६ लाख ९५ हजारमा । हुने विरुवाको चिल्लो पात भनेझैं सानैदेखि उनी अनुसन्धान गर्न रुचाउँथे । नौ कक्षामा पढ्दै देखिनै पानी जहाजका साथै विद्युत घण्टी, इलेक्ट्रिक मोटरहरु बनाएका थिए । साथीका बाबाहरुले फालेका सरसामानहरु बटुल्थे । तिनै सामान बटुलेर केही न केही बनाइरहेका हुन्थे । आफ्नो स्कूले जीवन फर्केर हेर्दछन् उनी । कहिलेकाँही वालकुमारीस्थित आफ्नै ल्याबबाट‘ उच्च शिक्षा अध्ययनका लागि आइन्स्टाइन कलेज हुँदै नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजी बालकुमारीसम्म पुगे । रोर्बटिक्सका लागि खुट्टकिला नै बन्न पुग्यो, एनसीसिआइटी ।
यही रहँदा यन्त्र १, यन्त्र २, टेकृति, लोकस लगायतका उपकरणहरु बनाए । त्यही बीचमा ड्रोन बनाइयो र त्यसको परीक्षण गर्नका खातिर अन्नपूर्ण बेस क्याम्पसम्म पुगे । ड्रोन ६५ मिटरको उचाइसम्ममा उडाइयो । कतिपयले भन्थे– यो तेरो कहिल्यै पूरा नहुने सपना मात्र हो । कतिपय साथीहरु मलाई हावा भनेर पनि उडाउँथे । लाग्ला, यो रोबर्ट एकैपटकमा पूरा भएको हो तर त्यसका अगाडि ६/७ वटा असफलताको सामना गर्नुपर्दा उनलाई लाग्थ्यो, अब सिद्धियो, डुव्यो पैसा, गयो लगानी । सधै अनुसन्धानमा लागिरहने उनीसँग राजधानी खाल्डोमा जीउनका लागि विकल्प छ, प्राइभेट स्कूलमा अध्यापन गराउँछन । ‘त्यही पैसाले चल्दै आएको छु । जसोतसो जीवन धानिएकै छ ।’, भन्छन्– ‘त्यही बीचमा वम डिस्पोजल रोबोट बनाइयो ।’ कहिलेकाँही त लाग्थो ‘हातमा क्यानडा र अमेरिकाको भिसा छ, वुबाआमा र परिवारको खुसीका खातिर पलायन भइदिँऊ उतैतिर । तर अर्काे मनले उठाइसकेको पाइला रोकिदिन्थ्यो । भन्थ्यो मनले सुस्तरी– ‘यहाँ भ्याकुम छ, यही गर्न सकिन्छ धेरै ।’ …जब सेनाले लाखौमा रोबोट किन्यो नेपाल आर्मीसँग भएको बम डिस्पोजल बोक्न ६ जनासम्म मान्छे चाहिन्छ । एउटा गाडी पनि चाहिन्छ । विकसित ठाँउमा जान सकिन्छ तर दुर्गम स्थानमा लैजान सकिँदैन । नेपाली सेनाले चलाउँदै आएको रोबोटको मूल्य १ करोड ६० लाख भन्दा माथिको हो । त्यसमाथि निकै वजनदार थियो । सेनासँग ३२ वटा रोबोट भएको बताइन्छ । त्यसमध्ये हाल सञ्चालनमा रहेको रोबर्टको संख्या ११ वटा मात्र । कारण– अधिकांश विग्रिए । उपकरण बनाउने प्राविधिक जनशक्ति नेपालमा यथेष्ट छैनन् । ती प्राविधिक विदेशबाटै ल्याउनुपर्दछ मंहगोमा । नेपाली सेना आफैं स्वदेशी उपकरण प्रयोग गरी रोबोट बनाउन चाहन्थ्यो । यही बीचमा नेपाली सेनाले रोबोट प्रतिष्पर्धाको आयोजना ग¥यो । २ वर्षका लामो अनुसन्धानबाट तयार भएको रोबोट हो त्यो । त्यसमै अनुसन्धान गर्दाकै समयमा उनको मित्र यज्ञको क्यानडाको भिसा लाग्यो, उनी उता लाग्यो । हामी झन्झटमा प¥र्यौ । क्यानडा जाने कि रोबोट बनाउने ? अथक प्रयास पछाडि रोबोट बन्यो । झण्डै १४ प्रतिष्पर्धीलाई पछि पार्दै उनकै समूहद्वारा बनाइएको बम डिस्पोजल रोबोट प्रथम हुन पुग्यो । र, ६ लाख ९५ हजार रुपैंयामा उक्त रोर्बट सेनाले खरिद गरेसँगै उनको मनमा लागेको छ ‘अव नेपालमै केही गर्न सकिन्छ ।’ १२/१० को सानो कोठामा जहाँ उनी आफ्नो अधिकांश समय अनुसन्धान गर्नमै बिताउँछन् ।
त्यही कोठामा उनले दैनिक नेपालसँग आफ्नो दुखको पन्तुरो खोले ‘बीचमा विरक्त जस्तो पनि भयो । मेरो सपना थियो नेपाली सेनाको स्थापना दिवसको दिन सैनिक मञ्च टुडिखेलमा बेलायती रोर्वटका सट्टा नेपाली रोबर्ट गुडोस भन्ने ।
कतिपयले भन्थे– यो तेरो कहिल्यै पूरा नहुने सपना मात्र हो । कतिपय साथीहरु मलाई हावा भनेर पनि उडाउँथे । लाग्ला, यो रोबोट एकैपटकमा पूरा भएको हो तर त्यसका अगाडि ६/७ वटा असफलताको सामना गर्नुपर्दा उनलाई लाग्थ्यो, अब सिद्धियो, डुव्यो पैसा, गयो लगानी ।
गर्दै जाँदा सेनाका प्राविधिक आएर एकथरी बना भन्ने, मेजर आएर के बनाएको हो यस्तो भन्ने गर्दथे । डेमोको दिन घरमा तीन दिनसम्म बत्ती थिएन । बत्तीका लागि कहाँ कहाँ मात्र दौडिइएन । उहाँहरुसँगै बसेर नियमित काम गर्ने मेरो बिचार थियो । उहाँहरुको पनि कन्सेप्ट छ । तर अन्ततः मेरो जित भयो, मैले बनाएको रोबोट निेपाली सेनाले किनेरै छाड्यो ।’ ‘थाहा छैन, कहाँ छ ? फिल्म हल ’ काठमाडौं आएको लगभग १० वर्ष भया उनी । उनको आफ्नै संसार छ, कहाँ फिल्म हल छ, कहाँ मनोरञ्जन गर्न पाइन्छ यस्को केही हेक्का छैन । उनको ख्यालमा छ– कुन सामान कहाँ किन्न पाइन्छ र त्यस्को मूल्य कति पर्दछ ? कतिसम्म भने एडभान्स सफ्टवेयर बजारमा आएको थाहा पाए भने त्यस्ता सामान विदेशबाटै तुरुन्तै मगाइहाल्छन र त्यसकै अनुसन्धान गर्न थाल्दछन् । रोबर्टिक्स सपना रोबर्टिक्समा उनी नेपालको नाम राख्न चाहन्छन । अमेरिकामा चार महिना पछाडि आयोजना हुने रोवर्टिक्स प्रतिष्पर्धामा जितेरै आउने र नेपालको नाम राख्ने उनको प्रण छ । जहाँ अघिल्लो वर्ष पराजयको सामना गर्नुपरेको थियो । भन्छन्– ‘यसपटक हाम्रो टिम बलियो भएको छ, त्यहाँ पुगेर राष्ट्रिय झण्डा फहराएरै आउने योजना छ ।’ अघिल्लोपटकको प्रतिष्पर्धामा ४० वटा देशले भाग लिएका थिए । १५ एलबीको रोबोट बनाएका ६ केजी भर्सेस ६ केजीको रोबोट भयो । ५० हर्जको इलेक्ट्रिसिटी हाम्रा, उनीहरुको १ सय ५० हर्जको । अमेरिकामा पुगी रोर्वटिक्समा नाम राखेरै छोड्ने छु ।’ उनले आफ्नो अठोट सुनाए । इखले दिएको जित भनिन्छ नि, इख नभएको मान्छे र विष नभएको सर्प काम लाग्दैन ।
उनी पुल्चोकमा रहेको रोवर्टिक्स क्लवमा जोडिन खोजे । तर उनलाई उपेक्षा गरियो । मनको एउटा कुनामा नराम्रोसँग बिझ्यो त्यो उपेक्षा । उनको सबैभन्दा ठूलो दुश्मन नै रोवर्टिक्स हुन पुग्यो । तर हिजो पुल्चोकको रोवर्टिक्सले गरेको व्यवहारकै कारण ४ वटा प्रतिष्पर्धामा रोवर्टिक्सलाई हराइसकेको छौं । ‘त्यहाँका मान्छेहरु प्रतिष्पर्धा अगाडि नै सोच्छन रे हामी सेकेण्ड चाँहि हुन्छौं । तर हामी कहिल्यै सेकेण्ड हुनु परेको छैन ।’ नेपाली सेनाले गरेको रोवर्टिक्स प्रतिष्पर्धामा समेत उनले रोवर्टिक्स क्लवलाई हराउँदै आफू प्रथम भएका थिए । यही रोवर्टमै उनले १६ स्थानमा विभिन्न पुरस्कारहरु पाइसकेका छन् । नेपाली सेनाले रोवर्टिक्स खरिद नगरेको भए उनले पनि सोचेका थिए ‘अब यहाँ बसेर केही हुनेवाला छैन तर रोवर्टिक्स खरिदसँगै उनमा एक प्रकारको जोश बढेको छ । भन्छन् ‘यो भूँइमा खसेको एउटा पेच, एउटा नट सबैमा पैसा परेको छ ।
यिनलाई छाडेर म विदेशिन सक्दिन ।’ नेपाल आमाले यस्ता सन्तानहरुलाई पनि जन्म दिएकी छिन्, जो नयाँ नेपालका सच्चा पहरेदार हुन सक्छन् । तर, यस्ता प्रतिभालाई विज्ञान तथा प्रविधि मन्त्रालय, नाष्ट, रिकाष्ट जस्ता अनुसन्धानमुलक संस्था र नेपाली सेना, नेपाल प्रहरी जस्ता निकायले बेलैमा चिन्न सक्नु पर्दछ । मातृभूमिलाई सराप्दै यस्ता प्रतिभिा विदेश पलायन हुनु पर्ने अवस्था आयो भने राज्यका लागि यो जस्तो ठूलो दुर्भाग्य अरु केही हुने छैन ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

