
|
|
काठमाडौँ, २५ पुस। एतिहाद एयरवेजबाट अमेरिका जाँदै गरेका २० जना विद्यार्थीहरुलाई एयरपोर्टबाटै फर्काइएको छ। अबुधाबी विमानस्थलमा रहेको अमेरिकी अध्यागमनले उनीहरुलाई अमेरिका आउनबाट रोकेको पुष्टि भएको हो । उनीहरुमध्ये कैयनलाई अबुधाबीबाटै डिपोर्ट गरिएको छ ।
अमेरिकाको क्यालिफोर्नियामा रहेका कालोसुचीमा रहेका दुईवटा युनिभर्सिटीमा अध्ययनका लागि आउन लागेका उनीहरुलाई गत मंगलबार अबुधाबीकै विमानस्थलबाट फिर्ता गरिएको हो । उनीहरु क्यालिफोर्नियामा रहेका सिलिकन भ्याली युनिभर्सिटी र नर्थवेष्टर्न पोलिटेक्निक युनिभर्सिटीमा अध्ययनका लागि अमेरिका जाँदै थिए । यसैबीच एतिहाद एयरवेजले विशेष सुचना जारी गर्दै अबुधाबी विमानस्थलमा अमेरिकी अध्यागमनले चेकजाँचका क्रममा भिसा अनियमितता फेला पारेकाले भारतबाट अमेरिकाका लागि जाने विद्यार्थीहरुलाई आफ्नो विमानमा नचढाउने घोषणा गरेको छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

