Home » » रामकुमारी झाक्रीले नै प्रधानमन्त्री ओलीको खिल्ली उडाएपछि…

रामकुमारी झाक्रीले नै प्रधानमन्त्री ओलीको खिल्ली उडाएपछि…

काठमाडौं, २५ पुस । नेकपा एमालेकी नेतृ रामकुमारी झाक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीको मजाक उडाएकी छिन् । शुक्रबार राजधानीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ग्यास सिलिण्डरको युग समाप्त पारेर पाइपबाटै घरघरमा ग्यास पुर्याइदिने र घरम मिटर जडान गरिदिने घोषणा गरेका थिए । प्रधानमन्त्रीको घोषणालाई धेरैले मजाक भनेका छन् । यसैक्रममा एमाले नेतृ झाक्रीले घुमाउरो पाराले प्रधानमन्त्री ओली यो घोषणाको मजाक उडाएकी छिन् । उनले सामाजिक सञ्जाल फेसबुकमा सन्देश लेखेर प्रधानमन्त्रीको मजाक उडाएकी हुन् । 

उनले लेखकी छिन्– ‘#‎ठट्टा‬ गर्न पान्नौ नभनम । जेहोस जाडोमा महंगो भएनी भटमास मजाले खाईन्छ किन की घर घरमा ग्यासको पाईप पठाईन्छ रे, कतै जम्मा गर्न होला । # प्रमको उदघोष ।’ आफ्नै पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री ओलीको यसरी मजाक उडाएपछि फ्यानले झाक्रीको आलोचना गरेका छन् । अनमोल अविनाश लेख्छन्– ‘रामकुमारी कमरेडमाथि धेरैले धेरै आश गरेका थिए तर अन्तत उहाँ अरू भन्दा बढी गुटमा रमाएर अवसर कुर्ने प्रतिक्षार्थीमै सिमित हुनुभयो । रामकुमारी जस्तो नेता हुनु यो देशको दुर्भाग्य हो, उहाँ जस्तो नेताले लेख्ने सैली यही हो ? सरकारले भिजन बनाउँदा हाँसो गर्नुपर्ने कारण के छ ? चन्द्रमा छुन नसके पनि चन्द्रमा छुने उद्धेश्य लिनुपर्छ होइन र रामकुमारी कमरेड ? आदरणीय कमरेड स्मरण रहोस् यो कुनै ढुङ्गे युग होइन, यो त विज्ञानको जमाना हो तसर्थ आँट्ने हो भने सबै कुरा सम्भव छ । ग्यास निकाल्न काठमाडौँका लागि त्यहाँका ढल र फोहोर नै पर्याप्त हुन्छ ।’ 

आरबी थापा मगर लेख्छन्– ‘तपाईंहरुकै संसदीय दलका नेता हुन क्यारे अरु लाई नभए पनि तपाईं हरुलाई अबश्य नै आउँछ होलानी ???’ गजेन्द्र सुमन धिताल लेख्छन्– ‘दिदी तपाईं एमाले केन्द्रीय सदस्य, सरकार एमाले को छ यस्ता कुरा हावा नै भएपनी तपाईंको कमेन्टस अलि सुहाएन ।’ चाम्लिङ राई लेख्छन्– ‘प्रगति, विकास सम्भावना पहिले उद्घोषबाटै सुरु हुन्छ ! हासो र मजाक त बेकामे लफङ्गाहरुले गरेको ठिकै हुन्छ तर यहाँ यसै लाईनमा ‘झाक्री’ जीलाई देख्दा आश्चर्य लाग्यो ! नेपालमा सम्भावना को कुनै गुन्जायस नै छैन र ???’ केहीले भने झाक्रीको प्रशंसा गरेका छन् । एकराज सुवेदी लेख्छन्– ‘ग्यास को पाइप घर घर मा पुर्याइदिन्छु भन्ने प्रधानमन्त्री केपी ओली कमरेडको उदघोष र ठेला गाडामा चडेर अमेरिका जान्छु भन्नु एउटै हो दिदी ।’ 
यस्तो छ फेसबुक सन्देश: 

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}