
|
|
काठमाडौं ।
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले अव आफ्नो राजनीतिक हतियारकोरुपमा न्यू मिडियालाई पनि अपनाउने भएका छन् ।
यस अघि नै सामाजिक सञ्जालमा सक्रिय रहेका पूर्व एमाओवादी नेता बाबुराम भट्टराईले सामाजिक सञ्जालबाट प्रचार र खण्डन गरिरहेको अवस्थामा प्रचण्डले पनि सामाजिक सञ्जाल तथा वेबसाइट सहित सक्रियता देखाउने संकेत दिएका हुन् ।
प्रचण्डको सचिवालयमा भएको पछिल्लो परिवर्तनसँगै उनको सञ्चार नीति पनि परिवर्तन भएको बुझिएको छ । प्रचण्ड अहिले सम्म फेसबुक र ट्वीटर तथा वेबसाइटमा सक्रिय थिएनन् । उनको नाममा दर्जनौं फेसबुक अकाउन्ट भएपनि उनी आफै भने निस्क्रिय देखिन्छन् । कमरेड प्रचण्ड नाममा उनको आधिकारिक अकाउन्टले पनि अहिले सम्म त्यति चर्चा पाएको छैन । तर सामाजिक सञ्जाल ससक्त हतियार बन्न थालेपछि प्रचण्डले नयाँ रणनीति अख्तियार गर्न लागेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली फेसबुक र ट्वीटरमा सक्रिय देखिन्छन् । उनको सचिवालयले हरेकजसो सूचना ट्वीटरबाट दिने गरेको छ । अव भने प्रचण्ड पनि ट्वीटरमा आएका छन् । उनको फेसबुक पेजलाई पनि सक्रिय पारिएको छ भने वेबसाइट पनि सञ्चालनमा ल्याइएको छ ।
हालै मात्र खोलिएको प्रचण्डको ट्वीटर अकाउन्टबाट कृष्णसेन अनलाइन र एमाओवादीको आधिकारिक अकाउन्टलाई मात्र फलो गरेको देखिन्छ । फेसबुकमा पनि उनको पेजमा केवल १७ हजार लाइक छ । प्रचण्डको सूचना पाउन भने उनका सहयोगीहरुलाई फोन गर्नु पर्ने बाध्यता रहँदै आएको छ । अव भने सचिवालयमा नयाँ मान्छे प्रवेशसँगै प्रचण्डको सञ्चार रणनीति पनि ससक्त हुने उनका सहयोगीहरुले अपेक्षा गरेका छन् ।
प्रचण्डको फेसबुक अकाउन्ट
प्रचण्डको पछिल्लो प्रयास हालै पार्टी छोडेर नयाँ शक्तिको बहस चलाइरहेका र आफूविरुद्ध सामाजिक सञ्जालको माध्यमबाटै तिव्र आक्रमण गरिरहेका बाबुरामको गतिविधीलाई काउन्टर दिने भित्री रणनीति भएको अनुमान गरिएको छ । आफ्नो राजनीतिक छवि सँधै केन्द्रमा रहेपनि सामाजिक सञ्जाल र न्यू मिडियामा पछि परेको अनुभव गरेकै कारण प्रचण्डको सचिवालयले नयाँ रणनीति अघि सारेको हो । प्रचण्ड निकट सहयोगीका अनुसार पछिल्लो समय प्रचण्ड सामाजिक सञ्जालका माध्यमहरु फेसबुक, ट्विटर र वेभसाइटमा अव्यस्त हुँदै गएका छन् । अव उनको फेसबुक पेज, ट्वीटर अकाउन्ट र वेबसाइटबाट उनको राजनीतिक गतिविधीबारे सूचना सम्प्रेषण गरिने छ ।
प्रचण्डको सचिवालयले सिएम प्रचण्ड डटकम नामक वेबसाइट
कमरेड प्रचण्ड नामको फेसबुक अकाउन्ट तथा
सिएम प्रचण्ड नामको ट्वीटर अकाउन्ट स्थापित गरेको छ ।
भूमिगत राजनीतिमा जितै जित हासिल गरेका तर खुला राजनीतिमा तनाव नै तनाव झेलिरहेका प्रचण्डका लागि नयाँ सञ्चार रणनीति कत्तिको फलिफाप हुन्छ त्यो भने हेर्न बाँकी छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

