
|
|
१७ पुस, काठमाडौं।
सन् २०१५ को अन्तर्राष्ट्रिय राजनीतिमा विभिन्न उतार चढावहरु आए । खासगरी राजनीति तथा आर्थिक रुपमा अब्बल मानिएका संसारका ठूला देशहरुको सम्बन्धमा विश्व राजनीति आधारित रहनु स्वाभाविकै त हो तर पनि यो राजनीतिलाई यसवर्ष आतङ्कवादले नै बढी छायामा पारेको देखियो ।
त्यसैले गर्दा पनि विशेषगरी यस वर्षको विश्वको ध्यानाकर्षण दुई पटकसम्म फ्रान्सको पेरिसमा भएका आतङ्कवादी हमलामा भएको थियो । सन् २०१५ को जनवरी ७ मा पेरिसमा रहेको एक पत्रिकाको कार्यालयमा भएको आतङ्कवादी हमलामा परी पत्रिकाका एकजना सम्पादकसहित १४ जनाको ज्यान गएको थियो । युरोपको एक सम्पन्न यस देशमा सायद यसअघि कहिल्यै कल्पना समेत नगरिएको आतङ्ककारी घटना भयो र त्यसले संसारकै ध्यानाकर्षण पनि गरायो ।
मुस्लिम
अतिवादी समूह, आइएसको उदयले सन् २०१५ मा राम्रै चर्चा पायो । आइएसको पटक पटकको पेरिस
हमलादेखि सिरिया र इराकमा उनीहरुका ज्यादति सन् २०१५ मा संसारका सञ्चारमाध्यमहरुको
समाचार बन्न पुग्यो । त्यस्तै सिरिया विगतदेखिकै एउटा टाउको दुखाई बनिरहेको
सिरियाको समस्या मत्थर हुने कुनै पहल नै यस वर्ष भएनन् । तर यसले विश्व राजनीतिमा
पटक पटक चर्चा भने पायो । त्यहाँको गृहयुद्धका कथाहरुले विश्वका सञ्चारमा नै स्थान
प्राप्त गर्नपुग्यो ।
क्रिमिया
रसियामा मिलाएपछिको विवादले सन् २०१५ मा पनि चर्चा पाएको थियो । त्यस विवादले
मात्र नभएर त्यस विवादका कारण उत्पन्न रसिया अमेरिका सम्बन्धका उतार चढावहरु यस
वर्ष पनि देखिए । अमेरिकाले युक्रेनमा पछिल्लो समयमा पनि जारी रहेको पृथकतावादी
हिंसामा रसियाको हात रहेको दाबी गरी नै रह्यो भने अर्कातर्फ रसियाले अमेरिकाको सो
आरोपमा कुनै दम नरहेको भनी विरोध गरिरह्यो ।
इजिप्टमा
रसियाली विमान खसालेको घटनाले एउटा विमान दुर्घटना भएर २२४ जनाको ज्यान गएको मात्र
भन्दा पनि यसले विमानभित्र बम राख्ने र यसरी आकासबाटै विमान खसाल्नसक्ने गरी
आतङ्ककारी क्रियाकलापले कसरी प्रवेश पायो भन्ने चिन्तालाई बढाइदिएको छ । त्यसैले आगामी
वर्षमा यस्ता घटनाले प्रवेश कदापि नपाउन भनेर पनि सन् २०१६ का लागि सोच्नुपर्ने
दिशानिर्देश गर्दछ ।
सन् २०१५ का
कतिपय घटनाहरुले आगामी वर्षमा पनि निरन्तरता पाउने निश्चितजस्तो देखिएको छ ।
यसवर्षको अन्त्यसम्म आइपुग्दा सिरियाको समस्याले समाधानको बाटो देखाउन सकेको
देखिँदैन । सिरियामा नागरिक हत्याको शृंखलाको अन्त्य अब कहिले होला भन्ने प्रश्नको
भरपर्दाे र चित्तबुझ्दो जवाफ अहिलेसम्म भेटिएको छैन । त्यसैले यो निराशाले आगामी
वर्षमा पनि प्रवेश पाउने मात्र नभई निरन्तरता नै पाउने त होइन भन्ने आशङ्का पनि
जिवीतै राख्दछ ।
अर्कातर्फ
आइएसको त्रासले पनि विश्वलाई जसरी सन् २०१५ मा सतायो त्यसैगरी यसले आगामी वर्षलाई
पनि छुने देखिन्छ । उता अफगानिस्तान र इराकका आफ्ना समस्याहरु आजसम्म पनि निरन्तर
नै रहेका छन् । त्यहाँ पनि दिनहूँ नागरिक मारिने क्रम जारी नै छ । त्यसले पनि सन्
२०१६ लाई छोइसकेको छ । तर यस्ता हत्या हिंसाका शृंखलाहरुले यो भूगोलमा कहिल्यै पनि
निरन्तरता नपाउन भनेर कामना संसारका मानिसले गरिरहेका छन् ।
यस वर्षको
अर्काे एक प्रमुख चर्चा संयुक्तराज्य अमेरिकाका राष्ट्रपतिको निर्वाचनले पनि लिने
नै छ । त्यसमा पनि अमेरिकाको पहिलो महिला राष्ट्रपतिको दौडमा हिलारी क्लिन्टन
देखिएकोले पनि यसले त्यहाँ ठूलै चर्चा पाउने अपेक्षा गरिन्छ । क्लिन्टन अमेरिकाका
पूर्व विदेशमन्त्री हुनुहुन्छ । साथै अमेरिकी पूर्व राष्ट्रपति विल क्लिन्टनकी
धर्मपत्नी । त्यसैले पनि अबको राष्ट्रपतीय उम्मेदवारमा उहाँ निकै दरिलो उम्मेदवार
हो ।
विश्वमा सन्
२०१६ मा के कस्ता कार्यक्रमहरु छन् र मुख्य घटनाहरु के होलान भनी एएफपी समाचार
समितिले केही तथ्यहरुको टिपोट गरेको छ । त्यसमा खासगरी अमेरिकामा राष्ट्रपति
निर्वाचन, ओलम्पिक खेलकुद महोत्सव, युरोपेली संघ च्याम्पियनसीप फुटबलखेललगायत
वर्षभरी आयोजना हुने मुख्य–मुख्य अन्तर्राष्ट्रिय कार्यक्रमहरुको हुने मुख्य कर्यक्रमको सूची यसरी बनाएको
छ । ती सम्भावित घटनालाई अनुवाद गरी यहाँ प्रस्तुत गरिएको छ ।
जनवरी
१५– पश्चिमी अफ्रिका । त्यस मितिसम्म नयाँ सङ्क्रमण देखा नपरेमा इबोला महारोग उन्मूलन भएको घोषणा गरिने छ ।
१५– पश्चिमी अफ्रिका । त्यस मितिसम्म नयाँ सङ्क्रमण देखा नपरेमा इबोला महारोग उन्मूलन भएको घोषणा गरिने छ ।
१६– तानवान, राष्ट्रपति र संसदको निर्वाचन हुने ।
२६– फिलिपिन्स । जापानी सम्राट अकिहितो र साम्राज्ञी मिचिकोको पहिलो फिलिपिन्स
भ्रमण ।
जनवरी
अन्त्यतिर, भियतनाम । (मिती तोकिइनसकेको) १२ औँ कम्युनिष्ट पार्टी कँग्रेस बैठक हुने ।
फेब्रुअरी
४, बेलायत । सिरियाली शरणार्थीको विषयमा लण्डनमा सम्मेलन हुने,
४, बेलायत । सिरियाली शरणार्थीको विषयमा लण्डनमा सम्मेलन हुने,
८, चीन । चिनियाँ नववर्ष–बाँदर वर्ष मनाइने ।
१२, मेक्सिको । क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसको
भ्रमण सुरु हुने ।
१८ र १९ बेल्जियम । बेलायतलाई सशर्त युरोपियन सङ्घको सदस्यता
दिने विषयमा शिखर सम्मेलन हुने
२६– स्विट्जरल्याण्ड, अन्तर्राष्ट्रिय
फुटबल महासङ्घ (फिफा) का अध्यक्षपदको निर्वाचन हुने
मार्च
१२, मिति तोक्न बाँकी युरोपेली सङ्घ÷रुसको संयुक्त लगानीमा तयार भएको अन्तरिक्ष यान– एक्सोमार्स २०१६ को प्रक्षेपण हुने यस यान अक्टोबर महिनामा मङ्गलग्रहमा अवतरण गरिसक्ने लक्ष्य राखिएको छ ।
१२, मिति तोक्न बाँकी युरोपेली सङ्घ÷रुसको संयुक्त लगानीमा तयार भएको अन्तरिक्ष यान– एक्सोमार्स २०१६ को प्रक्षेपण हुने यस यान अक्टोबर महिनामा मङ्गलग्रहमा अवतरण गरिसक्ने लक्ष्य राखिएको छ ।
अप्रिल
१३, दक्षिण कोरिया । आम निर्वाचन सम्पन्न हुने ।
१३, दक्षिण कोरिया । आम निर्वाचन सम्पन्न हुने ।
९, फिलिपिन्समा आम निर्वाचनसम्म हुने ।
१६ देखि १९ सम्म, डेनमार्क । स्वास्थ्य र मानवअधिकारमा महिलालाई प्रदान
सेवा विषयको सम्मेलन हुने ।
२० देखि ३१ सम्म, (मिती तोकिनसकेको) उत्तर कोरिया, ३५ वर्ष पहिलो पटक
सत्तारुढ दलको कँग्रेस आयोजना हुने ।
जुलाई
१०, फ्रान्स । युरो २०१६ च्याम्पियनसिप फुटवल खेलको प्रारम्भ हुने ।
१०, फ्रान्स । युरो २०१६ च्याम्पियनसिप फुटवल खेलको प्रारम्भ हुने ।
१८ देखि २१ सम्म, संयुक्त राज्य अमेरिका । रिपब्लिकन पार्टीका तर्फबाट
राष्ट्रपतिको उम्मेदरसम्बन्धमा क्लिभल्यान्ड सम्मेलन हुने ।
२५ देखि २८ सम्म, संयुक्त राज्य अमेरिका डेमोक्र्याटिककोतर्फबाट
फिलाडेफियामा सम्मेलन हुने ।
अगस्ट
५ देखि २१ सम्म, ब्राजिल । रियो डि जेनेरोमा अन्तर्राष्ट्रिय ओलम्पिक खेलकुद महोत्सव हुने ।
५ देखि २१ सम्म, ब्राजिल । रियो डि जेनेरोमा अन्तर्राष्ट्रिय ओलम्पिक खेलकुद महोत्सव हुने ।
१८, रुस । संसदीय निर्वाचन सम्पन्न हुने ।
१९ देखि ३० सम्म (मिति तोकिइनसकेको) हङ्गकङ्ग– संसदीय परिषद्को निर्वाचन सम्पन्न हुने ।
१९ देखि ३० सम्म (मिति तोकिइनसकेको) हङ्गकङ्ग– संसदीय परिषद्को निर्वाचन सम्पन्न हुने ।
नोभेम्बर
८, संयुक्त राज्य अमेरिका । राष्ट्रपति निर्वाचन सम्पन्न हुने ।
८, संयुक्त राज्य अमेरिका । राष्ट्रपति निर्वाचन सम्पन्न हुने ।
डिसेम्बर
४ देखि ७ सम्म मेक्सिको जैविक विविधता सम्बन्धमा क्यानकुन महानगरमा संयुक्त राष्ट्र सङ्घ अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने ।
४ देखि ७ सम्म मेक्सिको जैविक विविधता सम्बन्धमा क्यानकुन महानगरमा संयुक्त राष्ट्र सङ्घ अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

