
|
|
'महतो जाँदा मात्रै विराटनगरमा झडप भएको होइन्'
जनकपुर, १६ पुस । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस आन्दोलनमा केही नेताले सस्तो लोकप्रियता कमाउन खोजेको आरोप लगाउनुभएको छ । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको नाम लिँदै उहाँले ‘मेरै नेतृत्वमा आन्दोलन, नाकाबन्दी र झडप भएको हो’ भन्ने भनाई सस्तो प्रचारबाजी र मधेसमा ‘हिरो’ बन्ने दाउ भएको बताउनुभयो । वीरगञ्ज नाकामा धर्ना बस्दै आएका सदभावना पार्टीका अध्यक्ष महतो गत शनिबार बिराटनगर रानी भन्सार नाकामा धर्ना दिने क्रममा प्रहरीसँग भएको झडपमा महतो घाइते हुनुभएको थियो । महतो अहिलेसम्म अस्पतालमै हुनुहुन्छ ।
तर, मधेसी मोर्चाका नेता यादवले भने वीरगञ्ज नाका महतोकै कारण अवरुद्ध भएको भन्नु गलत भएको बताउनुभयो । ‘यो प्रचार नै गलत छ । सस्तो लोकप्रियताको मात्र कुरा हो’ उहाँले एक अन्तरवार्तामा भन्नुभयो- ‘वीरगञ्जमा राजेन्द्र महतो जानुअघि पनि बन्द थियो । अहिले उनी छैनन्, तैपनि बन्द छ । वीरगञ्जमा बढी शक्तिसंघीय समाजवादी फोरमको छ, यो सबैलाई थाहा छ ।’ बिराटनगरमा पनि आफ्नै पार्टी बलियो रहेको भन्दै यादवले महतो गएकाले बिराटनगरमा ठूलो झडप भयो भन्ने कसैले तपाई भनोस् नभनोस् मपाई भने जस्तो मात्र भएको बताउनुभयो । ‘महतोजी एक दिन जानु भो, त्यसकारण ठूलो झडप भयो भन्ने होइन’ उहाँले भन्नुभयो- ‘हाम्रो पार्टीकी नेतृ रेणु यादव जाँदा झडप भयो, म गएँ, झडप भयो । सबैभन्दा धेरै लडाइँ विराटनगर नाकामा भएको छ ।’

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

