Home » » आजको राशिफल

आजको राशिफल

आज वि.सं. २०७२ माघ ०२ गते शनिबार तदनुसार ई. सं. २०१६ जनवरी १६ तारिख
पौष शुक्ल सप्तमी, रेवती नक्षत्र, मीन राशिको चन्द्रमा, शिव योग, विष्टि (भद्रा) करण

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
बाह्रौं चन्द्रमा भएकाले सानातिना सरसामान हराउन सक्ने वा चोरी हुने सम्भावना छ, तर डराइहाल्नु पर्दैन । दूरदराजबाट प्रसन्नता र खुसीको समाचार आउन सक्छ । परोपकारका क्षेत्रमा काम गर्न मन उत्ताउलो बन्नेछ । विदेशयात्राको योजनामा हुनुहुन्छ भने काम थाल्न आजको दिन अनुकूल हुनेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
शत्रुमाथि विजय प्राप्त हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । धार्मिक, सामाजिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
अचलसम्पत्ति वा पैतृक धनको कारोबारबाट सामान्य लाभ लिन सकिने छ, तर श्रमको मूल्याङ्कन हुन नसक्दा निराशा हुनेछ । आम्दानीका मार्गहरू देखिने छन्, तर खट्ने अनुकूलता नहुनाले दिक्क लाग्नेछ । थोरबहुत आय भए पनि खर्चको मात्रा बढ्न सक्छ । शत्रुबाट सजग भई आलोचनाबाट बच्ने प्रयास गर्नुहोला । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
प्रेम र भाइचारा जीवन्त तुल्याउने अवसर प्राप्त हुनेछ । मातापिता, अभिभावक र मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । धार्मिक/सांस्कृतिक गतिविधिमा संलग्न हुनुपर्ने छ । कुनै खोला वा पोखरीका जलजन्तुलाई खानेकुरा प्रदान गरेमा रोकिएका काम पूरा गर्न विशिष्ट व्यक्तिको सहयोग र सल्लाह प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । घरायसी वातावरण, दाम्पत्य र प्रणयसम्बन्धमा आज असहजता आउनसक्छ । कसैसँग व्यर्थमा वादविवाद हुनसक्छ । गर्नु नपर्ने कामबाट जोगिनु राम्रो हुन्छ, कुनै महत्वपूर्ण काम गर्न बाँकी भए आजलाई स्थगित गर्नु होला । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले कार्य सम्पन्न हुनेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । घरायसी काममा समय र धन खर्च हुनेछ । पारिवारिक जीवनमा रमाइलोपना आउने छ । आम्दानीमा कमी हुने छैन । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि राम्रो दिन छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आज गरिएका उद्यममा सफलता प्राप्त हुनेछैन । व्यवसायिक स्थितिमा सुधारको सङ्केत छैन । स्वास्थ्यको कमजोरी र मानसिक विचलनबाट जोगिने प्रयास गर्नु राम्रो हुन्छ । हडबड र शीघ्रताले काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नुस् । पछाडि बसेर खिसीट्युरी गर्नेले तपाईंको छवि बिगार्ने प्रयास गर्नेछन् । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । विगतमा गरेको परिश्रमको प्रतिफल प्राप्त हुनेछ, रोकिएका काम बन्ने योग छ । पठनपाठनमा प्रगति हुनेछ । विशेष सभासमारोहमा सहभागी बन्ने मौका छ । आम्दानीका मार्गहरू खुल्ला रहनेछन् । आजको चिन्तन र उपायले काम गर्नसक्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
परिवारभित्रकै सदस्य वा आफन्तको स्वास्थ्यमा समस्या देखिनाले समय र धन खर्च हुने सम्भावना छ । शरीरमा आलस्य र थकानको अनुभूति हुनेछ । खानपिनमा नियन्त्रण गर्नु बेस हुनेछ, पाचनप्रणालीमा बिग्रन सक्छ । जीवनसाथीसित ठाकठुक पर्नसक्छ । बौद्धिकता र ज्ञानगुनको क्षेत्रमा समेत राम्रो छैन । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
विद्वान् र प्राज्ञिक व्यक्तिहरूबाट सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । विदेश वा दूरदराजमा बसेका व्यक्तिहरूसँग सुमधुर सम्बन्ध कायम हुनेछ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । सामाजिक र सांस्कृतिक क्रियाकलापमा संलग्न हुन मन लाग्नेछ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिने छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सामाजिक र व्यक्तिगत प्रतिष्ठा स्थापना गर्ने राम्रो मौका छ । पढाइलेखाइको क्षेत्रमा प्रगति हुनेछ । आत्मविश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । वस्त्र, अलङ्कार आदि खरिद गर्ने योग छ । कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनु पर्नेछ । धार्मिक र सामाजिक काममा मन जान सक्छ । दानपुण्यका क्षेत्रमा लगानी हुन सक्छ । घरपरिवारबाट साथसहयोग प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}