
|
|
डा. विमलकुमार थापा
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ
सामान्यतया गर्भ पाठेघरमा रहन्छ भन्ने छ । तर, सबै गर्भ सधैँ पाठेघरमा मात्रै नरहेर नलीमा पनि रहने गरेको छ । कसैले धेरैचोटि गर्भपतन गरेको छ भने त्यस्तो महिलामा यस्तो खतरा बढी हुन सक्छ । कहिलेकाहीँ गर्भपतन नगरेकालाई पनि हुन सक्छ । महिनावारी हुँदा पाठेघरमा नरमपना बनाउने तत्त्व हुन्छ, तर धेरैपटक गर्भपतन हुँदा त्यो नरम तत्त्व कम हुन्छ । पाठेघरको नलीमा रहेको बच्चा ठूलो हुनेबित्तिकै नली फुट्छ ।
महिला सुगम ठाउँमा रहेको वेला समयमै उपचार हुनसक्छ, होइन भने मृत्युसमेत हुनसक्छ । सुरक्षित तरिकाबाट गर्भपतन गराउन सकिन्छ । तर, धेरैचोटि गर्भपतन गर्दा आफूलाई बच्चा चाहेको वेला पनि पाठेघरमा नबसेर बाहिर नलीमा बस्न सक्छ । यदि हामीले ‘सर्जिकल एबोर्सन’ गर्यौँ भने पाठेघरमा प्वाल पर्नसक्छ । यो प्रक्रिया भएकाले इन्फेक्सन हुनसक्छ । गर्भपतन गर्दा राम्रोसँग सफा गरिएन भने धेरै रगत बग्नसक्छ । यीलगायतका समस्या छन् ।
अहिले तीन महिनासम्म गर्भपतन गराउन कानुनी रूपमै अनुमति छ । तर, अचेल गर्भपतनलाई परिवार नियोजनका रूपमा लिने गरेको पाइन्छ, त्यसो गर्नु जोखिमपूर्ण छ । बच्चा नचाहिने अवस्थामा गर्भपतन गराउने हो । परिवार नियोजनका रूपमा लिँदा बढी जोखिम हुन्छ । बच्चा नजन्माउने हो भने सावधानी अपनाउनुपर्यो । तत्काल बच्चा नजन्माउने हो भने अस्थायी र भविष्यमै बच्चा नजन्माउने हो भने स्थायी साधनको प्रयोग गर्नुपर्यो । मानिसले गर्भपतनलाई जसरी सजिलो गरी सोच्छन्, यो धेरै जोखिमपूर्ण हुन्छ ।
कहिलेकाहीँ गर्भपतनका कारण रगत जम्ने कुरामा समस्या भएर मृत्यु हुन्छ । हाम्रो शरीरमा कतै चोट लाग्यो भने एकछिन रगत बगेर आफैँ रोकिन्छ, यो एउटा सिस्टम छ । धेरैपटक गर्भपतन गराउँदा ‘प्याथोलोजी’ अर्थात् रगत जमाउने चिजको खराबी हुनसक्छ । जताबाट पनि रगत बगेर समस्या हुने गर्छ । त्यसैले गर्भपतन सजिलै हुने रहेछ भने र सोच्नु ठुलो गल्ती हुनेछ । गर्भपतनलाई अस्थायी साधनका रूपमा लिनुहुँदैन ।
(डा.थापा सिभिल सर्भिस हस्पिटलका कार्यकारी निर्देशक हुन्)

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

