
|
|
पुणे, १ माघ । भारतको महाराष्ट्रा राज्यको पुणेस्थित इन्फोसिस क्याम्पसमा एक महिलालाई दुई युवकले सामूहिक रुपमा बलत्कार गरेर भिडियो निर्माण गरेको रहस्य बाहिर आएको छ ।
बलत्कारको शिकार भएकी ती महिलाले आरोप पारितोष बाघ र प्रकाश महादिकले आफ्नो साडी निकालेर बलात्कार गरेको आरोप लगाएकी छिन् । बलात्कारमा संलग्त ती दुबै युवकविरुद्ध प्रहरीमा उजुरी परिसकेको छ । पूणे प्रहरीले बलात्कारको सो घटनाविरुद्ध आफ्नो छानविन र कारबाही अगाडि बढाएको जनाएको छ ।
ती पीडित महिलाले आफू बाथरुममा रहेका बेला पछाडिबाट आएका उनीहरूले जोडले पकडेर बलात्कार गरेको बताएकी छिन् । ‘म बाथरुपमा थिए । उनीहरू पछाडिबाट आए । मैले लगाएको साडी तानेर फालिदिए । र बलात्कार सुरू गरे ।’
बलात्कारका क्रममा आफू चिच्याएको बताएकी ती महिलालाई पारितोषले मुखमा मुक्काले हानेर चुप हुन लगाएको बयान दिएकी छिन् । पारितोषसँगै प्रकाशलाई पनि बाथरुपमा आएको देखेको उनले बताएकी छिन् ।
ती महिलाले प्रकाश आफूलाई बचाउन आएको हुन सक्ने सुरूमा अनुमान गरेकी थिइन् । तर प्रकाशले बलात्कार गर्दै गरेको भिडियो बनाउन र फोटो खिच्न क्यामरा ‘अन’ गरेको बयानमा उनले बताएकी छिन् ।
‘मैले पारितोषसँग छोड्न हारगुहार गरेर तर उसले मानेन’, ती पीडित महिलाले भनेकी छिन्, ‘परितोषले मसँग बलात्कार गरिरहेको थियो । प्रकाशले फिल्म बनाइ रहेको थियो । प्रकाशले त्यसपछि ढोका बन्द गरिदियो । बलात्कार गर्दै गरेको तस्बिर पनि प्रकाश र पारितोषले लिएका छन् ।’
–एजेन्सी

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

