Home » » ‘घरघरमा ग्यास’ तयारी सुरु, एक महिनाभित्रै ग्यास पाइप जोडिने

‘घरघरमा ग्यास’ तयारी सुरु, एक महिनाभित्रै ग्यास पाइप जोडिने


प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाका ‘घरघरमा ग्यास’ जोड्ने प्रतिबद्धता व्यक्त गरेसँगै खानी तथा भूगर्भ विभागले उपत्यकाका २० हजार परिवारलाई ‘घरघरमा ग्यास’ जडान गर्ने योजना बनाएको छ। राजधानी दैनिकमा समाचार छ।

विभागले उपत्यकाको प्राकृतिक ग्यास संकलन गरी वितरण गर्ने तयारी गरेको हो। भान्सामै ग्यास पाइप लाइन ल्याइदिने प्रधानमन्त्रीको प्रतिबद्धता पूरा गर्न खानी तथा भूगर्भ विभागले उपत्यकाका तीन स्थानका २० हजार परिवारलाई दुई महिनाभित्रै ग्यास पाइप जोड्न सक्ने योजना तयारी गरिरहेको छ।


सुरु भएको एक महिनामा नै उपत्यकाका तीन स्थानमा १४ ग्यास कुवाबाट ग्यास निकालिनेछ भने त्यसको एक महिनाभित्रै त्यस आसपासका जनतालाई घरघरमा ग्यास पाइप जोड्ने योजना छ।

उपत्यकाबासीलाई उपत्यकाकै प्राकृतिक ग्यास झिकेर पाइप लाइनबाट बाँड्ने प्रधानमन्त्रीको प्रतिबद्धतालाई मजाकमा उडाइरहेका बेला खानी विभागले भने ग्यास उत्पादनका लागि बोलपत्र आह्वानसमेत गरिसकेको छ।

विभागका महानिर्देशक सर्वजित महतोका अनुसार ग्यास उत्पादनका लागि विभागले एक साताअघि नै १५ दिने म्याद दिएर बोलपत्र आह्वान गरिसकेको छ।

‘२६ वर्गकिलोमिटर क्षेत्रमा मात्रै गरिएको अध्ययन भन्दा अन्य स्थानमा पनि ग्यासको सम्भावना भएकाले उपत्यकाका अन्य ७८ स्थानमा पनि ड्रिल गरेर ग्यास निकाल्न सकिन्छ, प्राकृतिक ग्यास तथा खनिज शाखा प्रमुख पृथ्वीलाल श्रेष्ठले भने,‘सुरुमा पहिला नै अन्वेषण गरिएका स्थानवाट ग्यास निकाली वितथरण गरेपछि अन्य स्थानमा पनि क्रमश ड्रिलिङ गरी उपत्यकालाई पुग्ने ग्यास निकाल्न सकिन्छ।’

विभागले प्राकृतिक ग्यास निकाल्न र वितरण गर्न यसअघि पनि विभिन्न मितिमा करिब ६ पटक बोलपत्र आह्वान गरिसकेको छ। तर कुनै पनि निजी कम्पानीले इच्छा नदेखाएपछि विभागको पहिलादेखिको तयारी अन्योलमा परेको थियो।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}