
|
|
१ माघ, तुलसीपुर (दाङ)।
दाङको त्रिपुर नगरपालिकाको सौरीकुलामा फेरि पनि ट्रक र बस ठोक्किएका छन् ।
गएराति तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको ना४ख ७५६० नंको ट्रक र घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा१ख ७८९ नंको बस एक आपसमा ठोक्किँदा तीनजना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय, दाङले दिएको जानकारीअनुसार यसरी गम्भीर घाइते हुनेहरुमा बसमा सवार त्रिपुर नगरपालिका–१० का ४० वर्षीय लीलाबहादुर बुढाथोकी, त्रिपुर–१ निवासी ३२ वर्षीय पलबहादुर नेपाली र भारत बहराइज घर भई दाङमा बस्दै आएकी ७० वर्षीया शान्तिदेवी चौहान रहेका छन् ।
घाइतेहरुलाई राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा सामान्य उपचारपछि थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा पठाइएको छ । बस चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।
केही दिन अगाडि पनि त्यस स्थानमा स्कुल बस र किया गाडी ठोक्किँदा आठजनाको मृत्यु भएको थियो भने २१ जना गम्भीर घाइते भएका थिए । रासस

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

