Home » » सरकार ‘दलाल’ भएको भन्दै विप्लव माओवादीले गर्यो समानान्तर सरकार घोषणा

सरकार ‘दलाल’ भएको भन्दै विप्लव माओवादीले गर्यो समानान्तर सरकार घोषणा

२९ पुस, अछाम।
अछाममा नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले समानान्तर सरकारको घोषणा गरेको छ । मंगलबार अछाम सदरमुकाम मंगलसेनमा एक कार्यक्रमका बिच बिभिन्न कार्यक्रम सार्वजनिक गर्दै उसले समानान्तर सरकारको घोषणा गरेको हो ।

उसकै शब्दमा अहिलेको सरकार ‘दलाल’ भएको र यसले जनातालाई सेवा दिन नसक्ने भन्दै आफुले समानान्तर सरकार मार्फत जनतालाई आवश्यक सेवा दिने जनाएको छ । आफुहरुले ‘जनसरकार’ मार्फत जनतालाई आवश्यक सेवा दिनुका साथै भ्रष्टाचारी, दलाल र घुसखोरीलाई जनकारवाही गर्ने माओवादीले जनाएको छ ।


यस अघि भुमिगत रुपमै आफ्ना गतिवीधि सञ्चालन गर्दै आएको विप्लव माओवादीले मंगलबार खुला कोणसभा मार्फत नै आफ्ना कार्यक्रम सार्वजनिक गरेको हो । कार्यक्रम सार्वजनिक गर्ने क्रममा मंगलसेन स्थित बिच बजारमा रहेको चोकमा भएको कोण सभालाई केन्द्रिय सदस्य राप्तिले सम्बोधन गरेका थिए । कार्यक्रममा बोल्दै उनले आफुहरुले आजकै मिति देखि अछाम जिल्लामा समानान्तर सरकारको घोषणा गरेको उल्लेख गरे। समानान्तर सरको सुरुवातमा आफुहरुले ‘जिल्ला जन सरकार’ अछामको जिल्ला परिषद समेत सम्पन्न गरेको उनले बताए ।

कार्यक्रममा बोल्दै उनले भ्रष्टाचारी, घुसखोरी र दलाललाई जनकारवाही गरिने बताए । जनताबाट आउने मुद्धाहरुलाई जनसरकारले सम्बोधन गर्ने पनि राप्तिले बताए । त्यस्ता मुद्धाहरु कहि भएमा आजै देखि जनसरकाद्धारा सञ्चालित जनअदालतमा दिन सकिने पनि उनले बताए।

आवश्यक परे आफुहरु हतियार उठाउन पनि पछि नपर्ने बताउँदै उनले हाल शान्तिपूर्ण रुपमा बिरोधका कार्यक्रम गर्दा समेत सरकारले आफुमाथी युद्धरत पक्षको जस्तो व्यवहार गरिरहेको बताए । अहिले आफुहरुले गर्दै आएको आन्दोलन एकिकृत जनक्रान्ति मात्र भएको उनले बताए । आफुहरुले फेरी पनि हतियारको लडाई लड्ने कुरा अहिले सम्भव नभएको बताउँदै उनले यस्तो भ्रममा नपर्न समेत सबैलाई प्रष्ट पारे ।

एक प्रेस विज्ञप्ति मार्फत उसले आफ्ना सबै कार्यक्रम सार्वजनिक गरेको छ । जिल्लामा अनियन्त्रित रुपमा बिक्रि बितरण हुँदै आएको न्युन गुणस्तरको मदिरा लगायत जनस्वास्थ्यलाई गम्भिर असर गर्ने गुट्खा जन्य वस्तु नियन्त्रण गर्ने, बिकास निर्माणका कार्यहरुमा भईरहेको भ्रष्टाचारी, ढिलासुस्ति र राजनीतिकरणलाई कानुनी कारवाही गर्न सम्बन्धित निकायमा अनुरोध गर्ने यदी कारवाही नगरेमा पार्टी तथा जिल्ला जनपरिषदले जनकारवाही गर्ने विज्ञप्तिमा उल्लेख छ ।

केही सरकारी तथा गैरसरकारी संघ-संस्थाहरुद्धारा सञ्चालित कार्यक्रमहरुको प्रभावकारीता र औचित्य नभएको विज्ञप्तिमा उल्लेख छ । ‘कार्यक्रमको प्रभावकारीता र औचित्यता बिना जनताको नाममा राज्यको श्रोत प्रयोग भईरहेको जनगुनासो सम्बन्धमा पार्टीको गम्भिर ध्यानाकर्षण भएकोले ती कार्यक्रमहरुको सम्बन्धित निकायसंग ठोस जवाफ माग्ने निर्णय गरिएको छ ।’

जिल्ला सेक्रेटरी दर्शनद्धारा हस्ताक्षरीत विज्ञप्तिमा भनिएको छ । ‘जिल्लामा हुने महिला हिंसा र दलितहरुमाथिको जातिय भेदभाव विरुद्ध आवश्यक जनपरिचालन सहित जनसंघर्ष गर्ने निर्णय समेत पार्टीले गरेको छ ।’ विज्ञप्तिमा उल्लेख छ । अछाममा केही दिन पहिले मात्र बिप्लव निकट नेकपा माओवादीले जनकारवाही गरेको भन्दै एक वन कर्मचारीलाई कालोमसो दलेको थियो । सो घटनामा प्रहरी हिरासतमा रहेका आफ्ना कार्यकर्ता रिहा भएको र पार्टीले उनिहरुलाई अभिनन्द गरेको मंगलबार उक्त पार्टीद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}