Home » » गगनलाई पनि सभापतिको उम्मेदवार बन्न दबाब

गगनलाई पनि सभापतिको उम्मेदवार बन्न दबाब

२९ पुस, काठमाडौं ।

नेपाली कांग्रेसको तेह्रौँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्न चाहनेहरूको सङ्ख्या दश पुगेको छ । सम्भावित उम्मेदवारको सूचीमा सर्वाधिक थोत्रो नेता सुशील कोइरालादेखि नयाँ नेता गगन थापासम्म छन् ।

पार्टीका प्रमुख नेताहरू सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच हुने सम्भावित प्रतिस्पर्धालाई उच्च चासोका साथ हेरिएकोमा युवा नेता गगन थापालाई समेत एकथरी नेता–कार्यकर्ताले पार्टी सभापतिमा उम्मेदवार बन्न सुझाव र दबाब दिइरहेको बुझिएको छ ।


गत सोमबार धुलिखेलमा सम्पन्न कांग्रेसका केही नेता तथा कार्यकर्ताहरूको प्रतिनिधिमूलक भेलाले थापालाई सभापतिको उम्मेदवार बनाउने निष्कर्ष निकालेको छ ।

यसअघि थापा महामन्त्री पदमा उम्मेदवारी दिने सोचमा रहेका भए पनि शुभचिन्तक एवम् समर्थकहरूको दबाबका कारण उनी सभापतिको उम्मेदवार बन्ने निश्चित मानिएको छ । थापासमेत कांग्रेसको संस्थापन पक्षबाट उम्मेदवार बन्नेहरूको सङ्ख्या कम्तीमा तीन पुगेको छ ।

यसअघि नै सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेलले सभापतिको उम्मेदवार बन्ने जानकारी सार्वजनिक गरिसकेका छन् ।

त्यसो त डा. रामशरण महत, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र डा. शशांक कोइरालालाई पनि सभापतिमा उम्मेदवारी दिन इच्छुक नेताका रूपमा लिइन्छ । गिरिजापुत्री सुजाता जोष्टले समेत आफू कांग्रेसको सभापति बन्न तयार रहेको जनाएकी छिन् ।

बाह्रौँ महाधिवेशनमा सुशील कोइरालाको खास सहयोगी रहेका अर्जुननरसिंह केसी पनि आवश्यक परे सभापतिमै उम्मेदवारी दिने सोचमा रहेको बताइन्छ । तर, गगन थापाले सभापतिमा उम्मेदवारी दिएको अवस्थामा केसीले के गर्ने हुन् सो भने स्पष्ट हुन सकेको छैन । घटना र विचार साप्ताहिकमा खबर छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}