Home » » महाधिवेशन नजिकिंदै जाँदा कांग्रेसमा भाँडभैलो

महाधिवेशन नजिकिंदै जाँदा कांग्रेसमा भाँडभैलो

२९ पुस, काठमाडौं ।

१३ औं महाधिवेशनको मिति नजिकिंदै जाँदा नेपाली कांग्रेसभित्र भाँडभैलो बढ्दै गएको छ ।
विभिन्न जिल्लाको सातवटा समूह अहिले पनि पार्टी कार्यालय सानेपामा अनसनमा बसिरहेका छन् । महाधिवेशन नजिकिंदै जाँदा नेता शेरबहादुर देउवा समूह बलियो भन्दै गएपछि संस्थापन समूहले एकपछि अर्को विवादित निर्णय गर्दै आएको छ ।

जसका कारण महाधिवेश आइसक्दा पनि विवाद हल हुनेभन्दा बल्झने गरेका छन् । अवस्था यही रहिरहे महाधिवेशन निर्धारित मितिभन्दा केही दिन पर सर्न सक्ने आँकलन कांग्रेस वृत्तमा हुने गरेको छ ।

एक दुई गर्दै कांग्रेस मुख्यालय ७ वटा अनसनकारीको घेरामा परेको थियो । तर, मंगलबारबाट चार अनसन अन्त्य भए पनि अझै तीनवटा अनसन जारी छ । बुधबार साप्ताहिकमा खबर छ  ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}