
|
|
२३ पुस, एजेन्सी।
दिनहुँ बढ्दै गएको विमान दुर्घटनाको कारण हवाइयात्रा निकै असुरक्षित हुँदै गर्दा एक वेवसाइटले विश्वका एयरलाइन्सको अध्ययन गरेको छ। विश्वका ४०७ एयरलाइन्स मध्ये केवल २० मात्र सुरक्षित रहेको एक रिपोर्ट सार्वजनिक भएको छ।
विश्वका सबैभन्दा सुरक्षित २० एयरलाइन्स:
अष्ट्रेलियाको कन्तास, अमेरिकन एयरलाइन्स , अलास्का एयरलाइन्स , ल निप्पोन एयरवेज, एयर न्यूजील्याड, क्याथे प्यासिफिक एयरवेज, एमिरेट्स, एतिहाद एयरवेज, ईभा एयर, फिनेयर, हवाइअन एयरलाइन्स , जापान एयरलाइन्स , केएलएम, लुफ्थांसा, स्कैंडीनेवियन एयरलाइन सिस्टम, सिंगापुर एयरलाइन्स , स्विस, यूनाइटेड एयरलाइन्स , वर्जिन अटलांटिक र वर्जिन ऑस्ट्रेलिया।
४०७ मध्ये १४८ एयरलाइन्सले सात स्टार पाएका छन्, करिब ५० ले तीन स्टार पाएका छन् भने १० एयरलाइन्सले केवल १ स्टार पाउँदै संसारकै असुरक्षित एयरलाइन्सको सूचीमा परेका छन्। यी १० अत्यन्त असुरक्षित एयरलाइन्स इन्डोनेसिया, नेपाल र सुरिनामका एयरलाइन्स हुन।
सबैभन्दा असुरक्षित (१ स्टार पाएका) ५ एयरलाइन्स
काम एयर– अफगानिस्तान
नेपाल एयरलाइन्स -नेपाल
स्क्याट एयरलाइन्स – कजाकस्तान
तारा एयर -नेपाल
लायन एयर -इन्डोनेसिया
सन् २०१० मा तारा एयरको विमान लामिडाँडाबाट टेकअफ गर्दा दुर्घटना भइ २२ जनाको ज्यान गएको थियो। साथै वर्षको सुरुमा नेपाल एयरलाइन्सको फ्ल्याइट १८३ अर्घाखाँचीमा दुर्घटना भएको थियो।
एयरलाइन्सरेटिङ डट कमले यसरी सुरक्षित र असुरक्षित एयरलाइन्सको सूची बनाउँदा दुर्घटना, प्राविधिक गडबडी, सम्बन्धित देशको अडिट रिपोर्ट, एयरलाइन्सको इतिहास, घटनाको रेकर्ड साथै समय आदीलाई आधार मानेको थियो।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

