Home » » फ्री भिसामा पहिलो चिनियाँ पर्यटक टोली नेपाल भित्रियो

फ्री भिसामा पहिलो चिनियाँ पर्यटक टोली नेपाल भित्रियो

२३ पुस, काठमाडौं ।

परराष्ट्रमन्त्री कमल थापाले बेइजिङ भ्रमणमा रहेको समयमा गरेको घोषणाले सार्थकता पाएको छ ।

परराष्ट्रमन्त्री कमल थापाले चीनलाई नेपालको पर्यटन प्रवर्द्धनमा सघाउन आग्रह गर्दै चिनियाँ पर्यटकलाई नेपालमा भिसा शुल्क तिर्न नपर्ने ब्यवस्था गर्ने आश्वासन दिएका थिए ।


सोही ब्यवस्था अनुसार चिनियाँ पर्यटको पहिलो टोली फ्रि भिसामा नेपाल भित्रिएको छ ।

चिनियाँ पिपल्स डेलीले चिनियाँ पर्यटक निशुल्क भिसामा नेपाल प्रवेश गर्दै गरेको तस्विर सार्वजनिक गरेको छ ।

उक्त समाचार माध्यमको अनलाइन संस्करणमा चीनको ल्हासाबाट चिनियाँ पर्यटक निशुल्क भिसामा नेपाल प्रवेश गर्दै मुस्कुराएको तस्विर प्रकाशित छ ।

नेपालको पर्यटन उद्योगमा भारतीय पर्यटकपछिको ठूलो संख्या चिनियाँ पर्यटकको रहँदै आएको छ । यस अघि १०२ अमेरिकी डलर भिसा शुल्क तिर्नु पर्ने चिनियाँ पर्यटक अव निशुल्क भिसामा नेपाल छिर्न सक्नेछन् ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}