
|
|
नेपाली कांग्रेसका युवा नेता गगन थापाले संविधान कार्यान्वयन गर्न मधेशको मागलाई सरकारले सम्मानपुर्वक संविधान संसोधन गरेर पुरा गर्नु पर्ने बताएका छन ।
महोत्तरीको बर्दिबासमा पत्रकारहरुसंग कुराकानी गर्दै नेता थापाले प्रधामन्त्री केपी शर्मा ओलीको सरकारले मधेसको समस्या समाधान गर्न नसक्ने दाबी गरे । उनले नेपाली कांग्रेसले नै देशको समस्या समाधान गरिने बताए ।
नेता थापाले मधेसी मोर्चाले उठाएको समावेशी समानुपातिकको माग मधेसको मात्र नभई सम्पूर्ण नेपाली जनताको माग भएकाले आफूहरुले संविधान संशोधनको प्रस्तावमा राखेको बताएका छन् ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका थापाले प्रधानमन्त्रि केपी शर्मा ओलीले काठमाण्डौबाट चश्मा लगाएर हेरेको तराई मधेश र राजेन्द्र महतोले मधेशबाट चश्मा लगाएर हरेको काठमाण्डौं यी दुई अतिवादका बीच नेपाल फसेको बताए ।
गगन थापाले एमालेसँग सरकारमा जाँदाको बाध्यताले काँग्रेसले केही गल्ती गरेको बताउँदै काँग्रेसले त्यो गल्ती सच्याएर अघि बढेको दावी समेत गरे ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

