
|
|
२३ पुस, साउदी अरब।
साउदी अरबलगायत खाडी मुलुकमा कार्यरत नेपाली कामदारले भोग्नुपरेका समस्या र पीडाहरु बाहिर आइरहेका बखत गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् साउदी अरेबियाले यहाँ कार्यरत नेपाली श्रमिकको रोजगारीको अवस्था र स्थितिको सर्वेक्षण गर्ने भएको छ ।
साउदी अरबमा कार्यरत नेपाली कामदारले भोग्नुपरेका समस्याको पहिचान गर्न तथा वैदेशिक रोजगारीमा देखिएका समस्या समाधानका निम्ती सरकारी निकायको ध्यानाकर्षण गराउनका लागि सर्वेक्षण गर्न लागिएको सङ्घका अध्यक्ष नारायण पासवानले जानकारी दिए । सर्वेक्षण फारम तयार भइसकेको र केही दिनभित्रैमा सर्वेक्षण सुरु गरिने उनले बताए ।
सर्वेक्षणबाट प्राप्त हुने तथ्याङ्क तथा विवरणहरु एकीकृत गरी त्यसको यथार्थ प्रतिवेदन सम्बन्धित सरकारी निकायमा पेस गरिने सङ्घले जनाएको छ । सङ्घमा आबद्ध एनआरएनकर्मीहरू स्वयम्सेवकका रुपमा खटेर साउदी अरबका विभिन्न क्षेत्रमा कार्यरत नेपाली कामदारको यथार्थ स्थिति र अवस्था सर्वेक्षण गरिने छ ।
सर्वेक्षणले नेपाली कामदारको अवस्था, समस्या, रोजगारीको सुरक्षा तथा सरकारले लागू गरेको ‘फ्रि भिसा फ्रि टिकट’को कार्यान्वयनलगायतका विषयमा यथार्थ चित्रण बाहिर आउने विश्वास गरिएको छ । नेपाल र साउदी अरबबीच श्रम सम्झौताको अन्तिम तयारी हुँदै गर्दा सङ्घले यो सर्वेक्षण गर्न लागको हो । नेपाली कामदारको मुख्य श्रम बजारका रुपमा लिइने साउदी अरबमा पाँच लाख भन्दा बढी नेपाली कामदार कार्यरत रहेका छन् । रासस

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

