
|
|
सूचना तथा सञ्चारमन्त्री शेरधन राईले अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको मुलुकको अवस्था केही दिनमै सहज हुने बताएका छन् ।
प्रेस चौतारी नेपाल मोरङको आयोजनामा आज बिहान विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले वार्ता र संवादबाट सहमतिका लागि गठित कार्यदलले बुधबारदेखि नै मधेसी मोर्चासँग वार्ता सुरु गरेकाले केही दिनमै सबै समस्या समाधान हुने विश्वास व्यक्त गरे।
अघोषित नाकाबन्दीका कारण सिर्जित मानवीय सङकटलाई अन्त्य गर्न सरकारले अधिकतम लचकता अपनाएको चर्चा गर्दै उनले मोर्चाको ११ बुँदे मागलाई कसरी सम्बोधन गर्न सकिन्छ, त्यस विषयमा सरकार गम्भीर रहेको बताए ।
मधेसको सन्दर्भमा सरकारले प्रस्तुत गरेको दृष्टिकोणलाई भारतले पनि सकारात्मक रुपमा लिएको स्पष्ट पार्दै उनले मधेसी मोर्चाको केही असन्तुष्टि रहेपनि संस्थागत रुपमा वार्ताद्वारा नै समाधान हुनेछ, उनले भने । मन्त्री राईले भने, “संविधान संशोधनको प्रक्रिया अगाडि बढिसकेको र आन्तरिक सहमतिको आधारमा केही दिनमै संविधान संशोधन भएपछि मुलुकले केही दिनमै निकास पाउनेछ ।”
उनले नाकाबन्दीका कारण विकास निर्माण कार्यमा तीव्रता नआएको प्रसङ्ग उल्लेख गर्दे मन्त्री राईले तीव्र विकासका लागि सरकारले दुईवर्षे कार्यनीति सार्वजनिक गरेको र यसको अनुगमनका लागि उच्चस्तरीय कार्यसमितिसमेत बनाएको जानकारी गराए ।
सरकारको प्रवक्तासमेत रहेका उनले एक सातामा इन्धनको आपूर्ति सहज हुने र कालोबजारीलाई नियन्त्रण गर्न सरकारले प्रत्यक्ष रुपमा अनुगमनका साथै कारबाहीका प्रक्रिया अगाडि बढाएको स्पष्ट पारे ।
“यो संविधान सबैको साझा सम्पत्ति हो र यसको रक्षाका साथै कार्यान्वयन गर्ने दायित्व सबैको हो”–मन्त्री राईले भने ।
उनले सर्वसाधारणलाई संविधानका विशेषताबारे जानकारी गराउनका लागि सानाठूला सबै राजनीतिक दल, सञ्चार क्षेत्र, पेसागत सङ्घसंस्था र नागरिक समाजलगायत सबै वर्गलाई राष्ट्रिय अभियानका रुपमा घरदैलौमा पुगेर सचेतना जगाउनुपर्ने आजको आवश्यकता रहेको बताए। रासस

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

